काठमाडाैं । आज पुस १५ गते गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाएका छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।
तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन्। तमु ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा भव्य कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमको प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका थिए ।






तमु ल्होसारको अवसरमा शुक्रबार झाकीमा गुरुङ समुदायकी महिलाहरु नृत्य प्रस्तुत गर्दै । तस्बिर : प्रदीपराज वन्त/रासस


तमु ल्होसारको अवसरमा शुक्रबार झाकीमा गुरुङ समुदायकी महिलाहरु नृत्य प्रस्तुत गर्दै । तस्बिर : प्रदीपराज वन्त/रासस

गुरुङ समुदायको पर्व तमु ल्होसारका अवसरमा शुक्रबार तनहुँको दमौलीमा निकालिएको सांस्कृतिक झाँकी । तमु ल्होसार विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । तस्बिरः कृष्ण न्यौपाने/रासस