हरी पूर्व निरौला
मौसम परिवर्तनसँगै विभिन्न समस्या पनि आउने गर्छन्। मानव जीवन यस्तै नै हो चली रहन्छ र चल्नु नी पर्छ। कहिले गर्मी कहिले जाडो यो त प्रकृतिको नियम नै हो।
अक्सर जाडो मौसममा विशेष गरी वृद्ध वृद्धा र बालबिलकाहरुलाई गाह्राे नै हुने गर्दछ। उचित स्यहार पुर्याउन न सक्द चिसो हानिकारक बन्न पुग्छ । बुढेसकाल जोस जागर हराउँदै गरेको अवस्था अनि अफ्ना सन्तान सन्तति जन्म थलो छोडी कर्म थलो मै व्यस्त। अनि बुढेसकालमा स्याहार त पुग्ने कुरा नी भएन।
बुढेसकाल सबैलाई आउँछ त्यसैले सबैले सकेसम्म आफ्ना माता पिताको ख्याल गरौं । किनकि उनीहरूले आफ्नो सपनाको आहुती दिएर हामीलाई यहाँसम्म ल्याएका हुन्छन् किन भन्दा बुढेसकालमा साहारा बनोस् भनेर कति पीर कष्ट सहेर पालन पोषण गरी आज यो समाजमा लायक बनाउने आफ्ना बाबु आमालाई हामी कसैले पनि पर पार्नु हुँदैन किन कि भोलि त्यो दिन हाम्रो पनि आउने छ। त्यसैले आजैबाट आफ्ना सन्तानलाई उचित संस्कार को विकास गराउ किन कि भोलिका दिनमा हामी पनि वृद्ध बन्ने निश्चित छ।
कति पय ठाउँहरुमा विभिन्न घटनाहरु हुने गर्छन् । आगलागी, निसासिनु अनि डढेलो लाग्नु यी सबै कुरा यो चिसो मौसमको कारणले नै बेसी हुने गर्छन्। कसैलाई बाथ रोगले चाप्छ त कसैलाई के जे पनि हुन्छ कहीं न कहीं हाम्रै गल्तीको कारणले हुन्छ त्यसैले सजक रहु किनकि भइसकेपछि पछुताउनु सिवाय केही पनि हाम्रो हातमा हुने छैन।
चिसो मौसम बढेसँगै फेरि पनि covid को नयाँ भेरियन्ट फैलिएको कुरा छेमिकी देशका मिडियाहरुमा हेडलाइन बनी रहेका छन् त्यसलाई मध्य नजर गरी हामी आ-आफ्नो ठाउँबाट सजक हुनु जरुरी छ। सरकारले जे गर्दछ उसको ठाउँमा छ तर हामी सबैलाई आफ्नो शरीर प्यारो छ त्यसैले आफैमा सजक र सुरक्षित रहने कोसिस गरौं। आवस्यक मापदण्डको पालना गरौं न जानेलाई सिकाइ अगाडि बढौ । एक मानवले अर्को मानवको रक्षा गर्दै जनचेतना अभिवृद्धि गरौं।
गाउँ घर टोल छिमेकमा कतै पनि आफूलाई थाहा भएको ठाउँमा कोही वृद्ध वृद्धा छन् भने यस्तो चिसो मौसम आफूले केही गर्न नसके पनि यसो खबर बुझ्न मात्र भए पनि आफ्नो अनुकूल टाइममा जाने गरौं खबर बुझ्ने गरौं सहयोगी भावना को विकास गरौं। किनकि आफ्नो पनि त्यो दिन अवश्य आउने छ।
र अन्त्यमा आगो र करेन्ट बाट सबै सुरक्षित रहुँ। मसिना नानी बाबुहरुको पहुँचबाट सलाई लाइटर जस्ता कुराहरू टाढा राखौ। चिसो मौसममा आगोबाट हुन सक्ने जोखम र खतराबाट सुरक्षित रहाैं । जय चन्द्र सूर्य।