बेहुलीझैं चिटिक्क सिंगारिएर सदन प्रवेश गरिन् मधेश प्रदेशकी यी सांसद !

जनकपुरधाम। मधेश प्रदेशका सांसदहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मधेश प्रदेश सभामा निर्वाचित सांसद सदस्यहरूलाई मधेश प्रदेशसभा भवनमा आज आयोजित एक समारोहमा ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपाने सपथ ग्रहण गराएका हुन् ।

सपथ समारोहमा सहभागी हुने क्रममा जनता समाजवादी पार्टी (जसपा) की सांसद किरणकुमारी साह बेहुलीझैं सिंगारिएर मधेश प्रदेश सभाको सदनमा प्रवेश गरेकी छिन् ।

मिथिला मौलिकता झल्किने पहिरनमा शपथ ग्रहणका लागि सहभागी हुन समारोहमा उपस्थित उनले धेरैको ध्यान तान्न सफल भइन् ।

सप्तरीकी उनी रातो सारीमा सज्जिएर शपथ ग्रहण गर्न पुगेकी थिइन् । उनले लगाएको मङ्गटीका र अन्य गहनाले सबैको ध्यान तानेको थियो । उनी अन्य महिला सांसदको तुलनामा आकर्षक देखिएकी थिइन् । किरण साह जसपाकी समानुपातिक सांसद हुन् ।

यस्तै प्रदेश सांसदहरु जितेन्द्र सोनल, सतिश सिंह र उर्मिलादेवी सिंह पनि सांस्कृतिक तथा मौलिक पहिचान झल्किने पोशाकका कारण आकर्षक देखिएका थिए ।

दश वटा दल र पाँच स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको प्रदेशसभामा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी (जसपा)का १६, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका नौ–नौ, एकीकृत समाजवादीका तर्फबाट सात सांसद रहेका छन् ।

त्यसैगरी नेपाल सङ्घीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीबाट एक–एक जना प्रदेशसभा सदस्य रहेका छन् भने प्रदेशसभामा पाँचजना स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको छ ।
सांसदले विभिन्न आठ भाषामा पद तथा गोपनीयताको सपथ प्रहण गरेका थिए । मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यले विभिन्न आठ भाषामा सपथ ग्रहण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *