नायिका श्वेता खड्काकाे आग्रह : काठमाडौंलाई पानीको प्यास मेटाएर आँशुको भेलमा डुबेकी मेलम्चीलाई सहयोग गरौं

काठमाडौँ । नायिका श्वेता खड्काले मेलम्चीका बाढीपीडितलाई सहयोग गर्न आग्रह गरेकी छन् ।

श्वेताले सामाजिक सञ्जाल फेसबुकमार्फत् मेलम्चीका बाढीपीडितका लागि सहयोगको अपिल गरेकी हुन् । उनले अगाडि लेखेकी छिन्, ‘काठमाडौलाई पानीको प्यास मेटाएर आफु भने आँशुको भेलमा डुबिरहेकी मेलम्चीको दुख र पिंडालाई टुलु टुलु हेरेर कहाँ बस्न सकिन्छ र ? मेलम्चीको यो दर्दनाक अवस्थामा साथ र सहयोगको हात बढाउनु अहिलेको आवस्यकता हो ।’

उनले बाढीपीडितहरुको आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै आफूले राहतका लागि सबैसँग अपील गरेको बताएकी छिन् । उनले अगाडि लेखेकी छिन्, ‘यही आवस्यकतालाई महसुष गरी तत्काल राहत र उद्दारको ब्यवस्थापनमा आफ्नो पाइला अघी सारेकी छु ।’

Leave a Reply

Your email address will not be published.