क्रिकेटर सन्दीप लामिछाने रिहा

काठमाडौं । बलात्कार आरोपमा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछाने रिहा भएका छन् । उच्च अदालत पाटनले बिहीबार २० लाख धरौटीमा रिहा गर्न आदेश दिएसँगै सन्दीप रिहा भएका हुन् ।

केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका सन्दीपको अब स्वास्थ्य परीक्षण पछि परिवारको जिम्मा लगाइनेछ । सन्दीपका शुभेच्छुकले कारागारको गेटमै सन्दीपको पक्षमा नारासमेत लगाएका थिए ।

लामिछाने तीन महिना नौ दिन कारागारमा बसेर थुनामुक्त भएका हुन् । लामिछानेका कानुन व्यवसायी सरोजराज घिमिरेले अदालतको सर्तलाई पालना गर्ने र अब बाँकी कानूनी लडाई लड्ने बताए ।

लामिछानेले गत भदौ ५ गते राति तिलगंगाको एक होटलमा बलात्कार गरेको आरोप लगाउँदै भदौ २१ गते महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

जाहेरी पर्दा लामिछाने केन्यासँगको ट्वान्टी–२० क्रिकेट शृंखला सकेर क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिज पुगेका थिए । त्यहीबाट अमेरिका गएका उनी असोज २० मा नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *