नेयमारका लागि अनौठो संयोग : पेलेको कीर्तिमान नजिक

एजेन्सी । आयोजक ब्रजिलले कोपा अमेरिका फुटबलमा लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार बिहान भएको खेलमा पेरुलाई ४–० गोल अन्तरले हराउँदै ब्राजिलले लगातार दोस्रो जित हासिल गरेको हो ।

ओलम्पिक निल्टन सान्तोस स्टेडियममा ब्रजिललाई जिताउन एलेक्स सान्द्रो, नेयमार, एभर्टन रिबेरो र रिचार्लीसनले एक–एक गोल गरे । खेलको १२औं मिनेटमा एलेक्सले गोल गर्दै ब्रजिललाई सुरुवाती अग्रता दिलाए । उनले ग्राबियल जिससको पासमा गोल गरेका हुन् ।

खेलको ६८औँ मिनेटमा नेयमारले गोल गर्दै आयोजक ब्रजिललाई २–० को अग्रता दिलाए । ८९औँ मिनेटमा एभर्टनले गोल गर्दा ब्रजिलले ३–० को अग्रता बनायो । रिचार्लीसनको पासलाई सदुपयोग गर्दै उनले गोल गरे । खेलको इन्जुरी समयमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई ४–० को शानदार जित दिलाए ।

यो जितसँगै समूह ‘बी’ मा रहेका ब्रजिलले २ खेलमा ६ अंक जोडेको छ । ब्रजिल समूहको शीर्ष स्थानमा छ । पहिलो खेलमा ब्रजिलले भेनेजुएलालाई ३–० गोल अन्तरले हराएको थियो ।

अनौठो संयोग

नेयमारका लागि यो पल्ट अनौठो संयोग जु¥यो । उनले खेलको ६८औँ मिनेटमा ब्रजिलका लागि ६८औँ गोल रे । यसलाई समयको अनौठो संयोग मानिएको छ । योसँगै नेयमार कीर्तिमानी भेट्रान लिजेन्ड पेलेको कीर्तिमान नजिक पुगेका छन् ।

पेलेभन्दा उनी ९ गोलले पछि परेका छन् । पेलेले भने ब्रजिलका लागि ७७ गोल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *