आपसी किचलो अनि देशको अवस्था !

हरि पूर्व निरौला
विश्व आर्थिक मन्दीको चपेटामा रुमली रहेको यो अवस्थामा ,विभिन्न नयाँ माध्यम र तरिकाबाट अगाडि बढ्ने कोसिसमा लागि परेका छन् अन्य राष्ट्र हाम्रो देशका नेता भने त्यै कुर्सी को लड़ाई मा व्यस्त छन्। हैन के मती सकिएको हो त नेपाली राजनीतिक हस्ती हरु को।किन यस्तो हुँदै छ देशमा ।

किन पटक पटक चक्रविहु रचिन्छ नेपाली आमाको छाती नै छिया छिया हुने गरी पटक पटक घात किन हुन्छ हाम्रो पवित्र माटो मा, किन कहा बाट कसको नजर र इशारा ले यस्तो हुँदै छ आज। जब राजाले एकदम खुला रूपमा विद्रोह न गरी जनताको खुसी र देशको विकाशको लागि आफ्ना पुर्खाले ३०० वर्षबाट चलाई ल्याएको आफ्नो बागडोर सुम्पिनु भएको थियो

तर त्यसको गलत फाइदा उठाउन पाइँदैन र गलत गर्न पनि हुँदैन हाम्रो स्वावलम्वी देशमा भन्ने कुरा साताको मात मा नेता हरु ले विर्सदा आज हाम्रो देश विदेशी को अखडा बन्न पुगेको छ भन्दा कुनै आपत्ति न होला किन कि एक पछि अर्को देशको विदेश विभागको नेपाल भ्रमणले नै देखाई रहेको छ कि नेपाली कता जाँदै छ कसको इशारा मा अगाडि बढदै छ भन्ने कुरा त।

यता आफ्नै देशमा सरकारको नेतृत्व गरी रहेका दल र नेता को चटक हेर्दा सिर्फ कुर्सी र पद को लागि मरी हते गरेको देखिन्छ। कानुन र न्यायालय राजनीतिक दलको को मुठी भित्र छ पुलिस प्रशासन सबै दलको राजनीतिले घेरिएको देखिन्छ। दिन दहाडै अपराधी पुलिसको अघिपछि लागेर हिन्छन्।

फरारको लिस्ट भएका अपराधी गरिमामय संसद्को रोष्टम मा खुले आम देखिन्छन् हे सरकार यहाँ सोझा साझा जनता लाई मात्र कानुन लाग्छ कि कस्तो खालको व्यवस्था छ हौ अचम छ। अनि देश आर्थिक संकटले थालिन लागेको छ नेता राजनेता भनौ दा चाई एकले अर्कोको खुट्टा तान्ने प्रवृत्ति मा एकदम पोख्त खेलाडी जस्तो भएर प्रस्तुत भइरहँदा नेपाल आमाको चित्कार सुन्ने कसले नि?

यस्तै हुँदै जाने हो भने एकदिन हाम्रो देश नेपाल नै अर्को को पोल्टो मा न पुग्ला भन्न सकिन्न, देश र जनता ले धेरै नै कष्ट सहेर आज यो दिन को पर्खाइ मा त पकै बिताएको भने हैन। अब देश लेमुहार फेर्छ अब दिगो विकास हुन्छ भनेर ढुक भएर बस्ने बेलाको सिर्जना कैले हुन्छ। भ्रष्ट र लाचारीपन को अन्त्य गर्ने शासक र कानुन कैले पाउने हो नेपाल ले यो कस्सैलाई थाहा छैन।

नेपाली जनताका सपना कैले पूरा हुने हुन, खाड़ी को मरूभूमिमा पसिना र खुन बगाउने दाजुभाइले कैले आफ्नै परिवार संग बसेर व्यवसाय चलाउन पाउँछन्। विदेशका बेपरी ले कैले निर्धक्क भएर आफ्नो लगानी नेपाल मा गर्छन् होला यस्तो वातावरण कैले कसले सिर्जना गर्छ होला, अहिले २००% कर तिर्ने हामी नेपाली नेपाल मै बनेका गाडी कैले चढ्न पाउने। आहिले साइकल मा हिड्ने पलघरे काका कैले कार चडेर हिड्ने होला ।

सरकार यी सबै कुरा छोडा चाइदेन हामीलाई न्यूनतम गाँस बाँस र कपासको उचित सर्व सुलभ मूल्य निर्धारण गर अनि सबैमा शिक्षा र स्वास्थ्य को नि शुल्क बेबस्था गर।यत्रो देशको ढुकुटी रितो भै सक्यो खै के खास्यौ तिमीहरूले, सरकार बनाउने लडाउने कुर्सी तानातान मै वितिराको छ नेपाल र नेपालीको भविष्य कैले सम्म खेल्दै जान्छौ निमुखा जनताको अधिकार र कर्तव्य लाई आहुति दिँदै, अब त अति भयो बन्द गर सबै सता र कुर्सीको खेल देश र जनताको बारे मा सोच।

आफ्नो मुलुक कहा छ एक पटक फर्केर आफ्नो भूमिको माटोलाई हेर छिया छिया भएको नेपाल आमको सराप लाग्ने छ तिमी हरु लाई अब पनि देश लाई चक्रविहुमा लैजाने काम न गरियोस् देश र जनताको हित हुने काम मा अगाडि बडियोस्। शासन र सताको दुरुपयोग बन्द गरियोस्। नयाँ नीति नियम र देशको दिगो विकास तर्फ अगाडि बढ्ने कोसिस गरौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *