एमाले नेतृ शान्ता चौधरीको आयो यस्तो स्टाटस

काठमाडौँ । सत्तारूढ नेकपा एमालेका दोस्रो तहका नेताहरुको नियमित छलफल पछी पार्टी एकता कायम गर्ने प्रयासमा सम्भव हुँदै गएको एमालेकी नेतृ एवं पूर्व सांसद शान्ता चौधरीले बताएकी छिन्

एमाले एकताको लगभग सहमति जुटेको बेला सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यसबारेमा जानकारी गराएकी हुन् ।

लामो समयदेखि सुवासचन्द्र नेम्वाङ, बिष्णु पौडेल, प्रदीप ज्ञवाली, बिष्णु रिमाल, शंकर पोखरेल सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्ट र योगेश भट्टराई अनौपचारिक र औपचारिक संवादमा रहेकाे उनले जनाएकी छिन् ।

उनले लेखेकी छिन्, एकथरी नेताहरू पार्टी मिलाउन निकै मेहनत गरेको देखिन्छ , वहाँहरुलाई हामी मन बचन र कर्मले साथ दिनेछौं । कसैलाई एकता भैहाल्छ की भन्ने चिन्ताले छट्पटी छ , आफुलाई हराएर अर्कोलाई जिताउन कसरी सकिएला भन्ने योजनामा समया खर्चिएको पाइन्छ ।

जे होस एकताका लागि सबैले सकारात्मक रुपमा बल पुर्‍याउँ । मेहनत गर्नुहुने दोस्रो तहका नेताहरुलाई हार्दिक शुभकामना । तपाईंहरुको पहलका कारण सम्भव हुँदैछ एकता ।

एमालेभित्रको विवाद समाधान गर्दै पार्टी एकजुट गराउन लागि दोस्रो तहका नेताहरू अन्तिम कसरतमा जुटेका छन् । उनीहरूले पार्टी जुनसुकै हालतमा पनि एकजुट भएर छोड्ने गरी आफूहरू अन्तिम कसरतमा लागेको बताएका छन् ।

ललितपुरको एक होटलमा शुक्रबार पार्टी एकताका लागि दोस्रो तहका नेताहरूले सघन छलफल र संवाद गरेका थिए । यसअघि समेत छलफल गरेका उनीहरूले २ जेठ २०७५ को पार्टी कमिटी बैठक बसेर आवश्यक निर्णय गर्नेमा सहमति जुटाएका छन् ।

पार्टीभित्रको विवाद चर्किंदै फुटको सँघारमा पुगेपछि २ जेठ २०७५ कै स्थायी कमिटी बैठक बस्नेमा सहमत देखिएका नेताहरूले केही विषयमा भने फरक मत राख्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published.