काठमाडौं । हेलम्बु गाउँपालिकाले अझै पहिरो र बाढीको जोखिम रहेको जनाएको छ । आज एक सूचना जारी गर्दै सो गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आकष्मिक बाढी आउनुको कारण वडा नं १ मा अवस्थित सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ्ग चौरमा पहिरो गएको जनाएको छ ।
उक्त चौरको हाल २५ प्रतिशत मात्र पहिरो गएको र बाँकी ७५ प्रतिशत मध्ये के कति भागमा पहिरो जान सक्ने भन्ने हालसम्म एकिन नभएको पालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
पालिकाले आज एक सूचना जारी गर्दै हेलम्बु गाउँपालिका वडा न १ मा रहेको सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ चौरमा गएको पहिरोका कारण मेलम्चीमा बाढी आएकाे बताएइको छ ।
साथै अझै बाढी आउन सक्ने भन्दै त्यस क्षेत्रमा बसोवास गर्ने सवैलाई उच्च सावधानी अपनाउन समेत अनुरोध गरिएको छ ।