भारतीय धावक मिल्खा सिंहको कोरोनाबाट निधन

एजेन्सी । भारतका प्रसिद्ध धावक मिल्खा सिंहको निधन भएको छ । भारतका ‘लिजेन्ड’को रुपमा आफूलाई स्थापित गरेका  ९१ वर्षीय मिल्खा सिंहकाे शनिबार चंडीगढ़काे पीजीआईएमईआरमा निधन भएकाे हाे ।

कोरोना संक्रमण भएपछि चन्डीगढको एक अस्पतालमा उपचार गराइरहेका सिंहको शुक्रबार राति निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मिल्खाकी पत्नी निर्मलाको पनि पाँच दिनअघि निधन भएको थियो ।

उनको निधनमा भारतका प्रधानमन्त्री तथा राष्ट्रपतिले पनि शोक व्यक्त गरेका छन् । साथसाथै बलिउडका हस्तीहरु शाहरुख खान, प्रियंका चोपडा तथा रविना टंडन लगायतले उनको मृत्युमा दुःख व्यक्त गरेका छन् ।

मिल्खा गएको मे २० तारिखमा पीजीआईएमईआर अस्पतालमा भर्ना भएका थिए । मिल्खा एसियाली खेलकुद र कमनवेल्थ खेलकुदमा स्वर्ण विजेता खेलाडी हुन् ।

उनको जीवनीमा आधारित भाग मिल्खा भाग भन्ने फिल्म निर्माण भएपछि उनी लाइमलाइटमा आएका थिए ।

Leave a Reply

Your email address will not be published.