सिस्नु खाँनुका यस्ता छन् फाइदै फाइदा

काठमाडौं । पहाडी भुभागमा सजिलै पाइने तरकारी हो सिस्नु । छुँदा पोल्ने सिस्नुको तरकारी खाँदा हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ ।

झुपडीदेखी पाँचतारे होटेलसम्म पकाइने सिस्नुमा धेरै औषधिय गुण हुन्छ । यसको पात र जराको तरकारी रुपमा मात्रै होइन सुप, चिया, जुस, औषधिको रुपमा पनि प्रयोग गरिन्छ ।

यसमा भिटामिन ए,भिटामिन सी, भिटामिन डी लौहतत्व, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थ पाइन्छ ।

यस्ता छन् फाइदा

– कपाल झर्ने समस्या र डन्डिफोर, दादको समस्या पनि समाधान गर्छ । साथै कपाल सिल्की बनाउछ ।

– हाडजोर्नी दुख्ने समस्या छ भने यसको झोल पिउनाले ठिक हुन्छ ।

– सिस्नोको परिकार नियमित खानाले जिउ दुख्ने समस्या हट्छ ।

– यसको सेबनले शरीरमा हुने कुनै किसिमको एलर्जी हुदैन ।

– यसले मधुमेह र मुटुरोगबाट पनि बचाउछ ।

– सिस्नोले उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ।

– पिसाब संक्रमण हुनेहरूको लागि फाइदानजक छ।

– नयाँ रगत बन्नका लागि महत्वपूर्ण भूमिका खेल्छ ।

Leave a Reply

Your email address will not be published.