‘म दलित बाउन’

अर्मान मियाँ 

म दलित बाउन, सुन्दा अचम्म लाग्यो नि हैन ?

हो नलागोस् पनि त कसरी किनकी यो त नमिठो यथार्थ हो अनि अचम्म मान्नु पनि पर्देन यहाँ हरेक दिन बाउन दलित बाउनको संख्या बढिरहेको छ । हुन त यस शिर्षक नै तपाई हामीमध्ये कतिलाई वकवास लाग्न सक्छ त्यो स्वभाविक नै हो । दलितको अर्थ हुन्छ दमन गरिएको अर्थात ती मानिसहरु जो आर्थिक अनि सामाजिक रुपले पिछडिएका र जसको आर्थिक, सामाजिक, राजनीतिक र धार्मिक रुपले प्राचीन कालदेखि उच्च वर्गहरुद्वारा शोषण र उत्पीडन गर्नको निम्ति समाजमा जातीय वर्ग विभाजन गरिएको थियो । यहाँ प्रश्न चिन्ह आउँछ किनकी बाउन त समाजको उपल्लो जातिमा पर्दछ अनि कसरी दलित हुन्छ तर दलितको शाब्दिक अर्थ केलाउँदा हामी दमन भएको अथवा हेपिएको भन्ने बुझ्नुपर्दछ ।

नेपालमा थुप्रै किसिमका क्रान्तिहरु भए, राजा फालिए जनताको शासन आयो तर यसको प्रतक्ष लाभ त्यही वर्गले मात्र उपभोग गर्न सके जो आर्थिक रुपमा सबल थिए । सबैभन्दा धेरै जातीय नाममा, धर्मका नाममा, वर्गका नाममा संघर्ष गरेको माओवादी समेत वर्तमान समयमा सत्ता र पदको लालशामा फुट र आफ्नो मुद्दामा विचलित हुन पुग्यो । सत्ताका लागि यतिसम्म लालायित भयो कि कांग्रेससँग चुनावी तालमेल गर्न पुग्यो ।

म दलित बाउन कसरी भए त ?

हो म दलित बाउन भए यो प्रश्न ज्यादै जटिल र संवेदनशिल छ यसमा हामी सबैको ध्यान जान जरुरी छ । यो हाम्रो समाजको वास्तविकता हो यसलाई कसैले नर्कान सक्दैन । जब मेरो जन्म एक बाउन जातिको घरमा भयो तर दलित भएर किनभने मेरो घर आर्थिक अवस्थाले यति कमजोर थियो कि विहान बेलुकी छाक टार्नका निम्ति मेरो बुबालाई श्राद्ध गर्नुपर्ने थियो यसरी भेटि स्वरुप उठेका केहि रकम र चामलले मेरो परिवारको पेटको आगो निभ्न सक्थ्यो, सम्पत्तिका नाममा बस्नका निम्ति हाम्रा खरको छानो भएको घर र एउटा गाइ बाहेक अरु केही थिएन एउटा मात्र काठे गाई थियो जसलाई हाम्रो बुबाले दान स्वरुप पाउनु भएको थियो ।

त्यो गाई हाम्रा लागि थियो या अरु कसैका लागि मैले कहिल्यै थाह पाउन सकिन् किनकी घाँस हामी काट्थ्यौ, गोबर हामी सोहोर्थै तर त्यसको दुध हाम्रा लागि कहिल्यै थिएन अनि मलका लागि हाम्रो खेतबारी पनि थिएन् । त्यही गाईको विहान् बेलुकी ५ माना दुध बेचेर हाम्रो आङ ढाक्नुपर्ने थियो ।

त्यही गोबर बेचेर हाम्रो घरको छानो छाउन पर्ने थियो । म बाउनबाट कसरी दलित भए त, म ५ वर्षको मात्र थिए विद्यालयमा शिशु कक्षामा भर्ना भए अनि सुरु भयो मेरो बाउनबाट दलित बन्ने कथा बजारको ठूलो धनी परिवार जसको घरमा भौतिक शुख सुविधाको केहि कमि थिएन् उसको गाउ नै किन्न सक्ने जति सम्पति थियो उसको घरमा सुन पसल थियो र उ दलित थियो दलित थियो या बाउन थियो यो त म भन्नै सक्दिन् । उसले म १० कक्षा सम्म पढ्दा सम्म कहिल्यै विद्यालको फिस तिरेको देखिन् आवश्य नै परेन बस् उसको थरमा जोडिएको थियो विश्वकर्मा ।

१० कक्षा भन्दा माथि त म पढ्न पाइन तर त्यसपछि पनि उसको पढाइ निरन्तर चलिरहेको थियो उ अहिले नेपाल सरकारको परराष्ट्र मन्त्रि भएको छ मैले कतारको एउटा कार्यक्रममा उसलाइ भाषण दिदै गर्दा भेटेको थिए । म कक्षा १० सम्म कहिल्यै दोस्रो भएन किनकी मेरो बुबाले मलाइ आलुको झोल खुवाएर, फाडो खुवायर मलाइ पढाउनु हुन्थ्यो र भन्नुहुन्थ्यो धेरै पढेर ठुलो मान्छे बन्नु पर्छ ।

आज म कुनै सरकारी कार्यालयको हाकिम हुने थिए यदि म सँग मेरो बुबा अझै केहि वर्ष रहनुभएको भए मलाइ साच्चै दलित भएको अनुभव त्यो बेला भएको थियो जतिबेला मैले मेरो बुबाका लागि पैसाको अभावले औषधि किन्न नसकेर अस्पतालको गेटमा मेरै काखमा प्राण गएको थियो । मेरो बुबाले सिकाएजस्तै मर्ने बेलामा तुलसीको मोठ नजिक राख्ने र बैतर्णि गर्न सकिन् किनकी उहाँको उमेर भएको राजेश हमाल महानायक छन् र उनले भर्खर मात्र विवाह गरेका छन् यदि बुढेसकाल र कुनै रोग विना त्यो अवस्थामा हुनुहुन्थयो त म उहाँको स्वर्गबासका लागि यो सब गर्न सक्ने थिए ।

मैले जीवनको भोगाइ सुनाउदा कहिँकतै गल्ति भएको भए माफ पाउ मेरो थरमा चापागाई जो जोडिएको छ र यो समाजले मलाई मेरो थर हेरेर बाउन भन्छ तर म दलित हुँ । लोक सेवामा नाम निकाल्नका लागि मेरी बहिनी वैकल्पिकको पहिलो नम्बरमा आएकी थिइन् उनले ९८ अंक ल्याउँदा जागिर खानका लागि उ भन्दा माथि ९० ल्याउने सविता सुनार हुनुहुन्थयो । उहाँको जागिर पक्का थियो कारण उहाँको थरमा सुनार र मेरी बहिनिकोमा चापागाई थियो ।

थाह छैन् मेरी बहिनि बाउन थिइ या दलित त्यो तपाइहरु नै भनिदिनोस् । मैले मेरो जिवनको काल खण्डमा कहिल्यै पनि कसैलाई जातिको नाममा अझ भनै उसको थरको आधारमा कहिल्यै पनि व्यवहार गरिन् गरे त केबल मानवताको नाममा ।
म कतार आएको एक वर्ष पछि नेपालबाट मेरै कम्पनीमा एक जना कृष्ण विश्वकर्मा आए उनि मेरै गाँउका म १० कक्षामा हुँदा उनि ९ कक्षाका प्रथम थिए त्यहि भएर राम्रो चिनाजा पनि थियो । उनको परिवारले जिवन चलाउनका लागि घरमा आरन राखेको थियो उनको बुबाले गाँउभरिका भुत्ते हतियार धारिलो बनाउने गर्नुहुन्थ्यो तर आफ्नो छोराको जिवनमा धार लगाउन सक्नु भएन छ । कारण उ पनि म जस्तै दलित थियो उसले पढ्नका लागि त निशुल्क पाएको थियो तर बुबालाइ रोगले र परिवारलाइ भोकले च्यापेपछि म जस्तै उनि पनि खाडिमा भासिएका रहेछन् ।

उनी विदेश आउन पासपोर्ट बनाउदा आमाले भन्नु भएको थियो र छोरा विदेश नजाउ बरु म केहि मजदुरी गर्छु तर महिलालाइ मजदुरीमा पनि पुरुषलाइ भन्दा कम पारिश्रमिक दिइन्छ जसले पेट पाल्न पनि धौ धौ हुन्थयो त्यहि माथि बुवाको उपचार र भाइको पढाइका लागि पनि त उसले खाडि आउनै पर्ने बाध्यता देख्यो नेपालमा जागिर कहाँ हामि जस्तो केहि नहुनेले पाउन सकिने रहेछ र ।

उनले सुनाए उनी त्यहि दिन संकल्प गरेका रहेछन् कि जब मेरी आमा गाउँको जमिनदारको घरमा दिनभरी रोपाइ गर्दा टंटलापुर घामको धुपले तिर्खाएर जमिनदारको घरको धारामा पानि खाँदा पानि भन्दा धेरै बचन र गाउलेको कुटाइ खानु परेको थियो । म र कृष्णमा एउटै फरक देखिन् मैले उनले पानि खादा बचन र कुटाइ खाइन् अनि हामिले भेटि खाँदा टपरे बाउनको संज्ञा । पेटको भोक न रहेछ ठुलो कुरा जसरी हुन्छ निभाउनु पर्ने रहेछ ।

मेरो रहर

अहिले नेपाल संघियतामा गएको छ हामीसँग ३ तहको सरकार छ । हाम्रो वडाले हामि जस्तै गरिबको परिवारको विवरण संकलन गरोस् र हाम्रो लागि शिक्षा, स्वास्थ्य , रोजगारीका लागि केहि गरिदिओस् । यो अवस्थामा त प्रष्ट छ कसको घरको अवस्था के छ भनेर सबैलाइ एउटा अवस्थामा पुराउनका लागि र क्षमता भएको म मेरी बहिनी र कृष्ण जस्ता लाखौँ युवाहरुलाइ सधैभरी दलित नै बनाइराख्ने यो व्यवस्था परिवर्तन होस् ।

भाषणमा मात्र होइन् साच्चिकै व्यवहारमा शुखि नेपाली समृद्ध नेपाल देख्न पाइयोस् जय देश । जातीयताको नाममा वर्गको नाममा कसैले पनि कुनै किसिमको दमन, हेपाइ सहन भोग्न नपरोस् । सबै मानव मानव भएर बाँच्न पाऊ । म कहिल्यै पनि कसैलाइ दमन गरिन् के साच्चै म र हामि जस्तै निम्न वर्गका चाहि अब सधै दलित नै भएर नै बाच्नुपर्ने होर यदि होइन् भने सबै मिलेर राज्यलाइ घचघच्याऔँ । जातीयताका आधारमा होइन् वर्गका आधारमा राज्यले अवसर प्रदान् गरोस् ।

जातीयताको नाममा कसैले पनि कुनै किसिमको दमन सहन भोग्न नपरोस् । जातीयताका आधारमा होइन वर्गका आधारमा राज्यले अवसर प्रदान् गरोस् । …म र हामी निम्न वर्गका चाहिँ अब सधै दलित नै भएर नै बाच्नुपर्ने हो र यदि होइन भने सबै मिलेर राज्यलाइ घचघच्याऔँ ।

यो लेखकको निजी बिचार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *