कोभिड-१९ को दोस्रो लहरबाट अति प्रभावितको लागि सहयोग वितरण

दौँघा गुल्मी । स्टोरिज अफ नेपालले छत्रकोट गाउँपालिका ६ दौँघामा कोभिड-१९ को दोस्रो लहरबाट प्रभावित घर परिवारको लागि खाद्यान्न तथा स्वास्थ्य सामाग्री प्रदान गरेको छ । सरकारले गरेको लामो निषेधाज्ञाका कारण प्रभावित परिवारले खाद्यान्न सामाग्री प्रदान गरेपछि राहत महशुस गर्नुका साथै स्वास्थ्य सामाग्री प्रदान गर्नुले कोरोना संक्रमण न्यूनीकरणमा सहयोग पुगेको छ ।

स्वास्थ्य सामाग्रीको अभावमा कोरोना संक्रमण हुने जोखिम धेरै रहेको भन्दै वडा सदस्य नारायण रेस्मीले खाद्यान्न र स्वास्थ्य सामाग्री प्रदान गर्दा प्रभावितको लागि धेरै राहत भएको बताए । नङ्ग काट्ने मेशिन, महिलाहरूको लागि स्यानिटरी प्याडहित खाद्यान्न सामाग्री प्रदान गर्नुले राहत वितरणमा अत्यन्तै गम्भिर भएको उनले बताए ।

राहत सामाग्री प्राप्त गरेपछि विमला दर्लामीले तीन दिनको भोक मेटिने बताइन् । आफ्नो परिवारलाई राम्रोसँग खुवाउने भन्दै यो राहतले धेरै सहयोग पुगेको बताएकी छन् । स्थानीय समाजसेवी टिका घर्तीमगरले यो राहत सामाग्री राम्रो प्याकेज भएको बताए ।

स्टोरिज अफ नेपालले गरेको सहयोग आफ्नो लागि धेरै राम्रो हुने अपेक्षा ६२ वर्षीय मिना थापा क्षेत्रीले बताएइन् । प्रदान गरिएको सामाग्रीको सहि प्रयोग गर्ने ज्येष्ठ रने बिटालुले बताए ।

सहयोग विशेषगरि कोभिडको कारणले दैनिकीमा असहज र प्रत्यक्ष प्रभावित एकल महिला, दलित, ज्येष्ठ नागरिक र अपाङ्गता भएका जोखिमयुक्त घरपरिवारको लागि प्रदान गरिएको थियो । राहत वितरण कार्यलाई स्टोरिज अफ नेपालका स्थानीय स्वयमसेवक हुमबहादुर थापा, मानबहादुर थापा र चन्द्र सर्तुङ्गे मगरले संयोजन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.