कोरोनाविरुद्धको खोप पुर्‍याउन हिँडेकी अस्मिता जंगलमा मृ त भेटिइन्

डडेल्धुरा । डडेल्धुरा जिल्लाको भित्री मधेस क्षेत्रको परशुराम नगरपालिका–८ गोपदेगडाकी २५ वर्षीया अस्मिता धामी स्वास्थ्य केन्द्रमा कार्यालय सहयोगी मृत भेटिएपछि प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।

परशुराम नगरपालिका–९ जमरानीस्थित आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत धामीको मृत शरीर भेटिएपछि अनुसन्धान शुरु भएको हो ।

बिहीबार स्वास्थ्यचौकीमा सम्पर्क गरेर बुझ्दा उनी कार्यालयमा अनुउपस्थित रहेको जानकारी आएपछि मामा ससुरा लगायत अन्य आफन्त सोधखोज गरेका थिए ।

कोरोना खोप पुर्याउन गएकी अस्मिता सम्पर्कविहिन भए पछि श्रीमान र आफन्त झस्किए। तीन दिनदेखि आमा घरमा नआएकाले उनका स–साना दुई छोरी आमाको पर्खाइमा थिए ।

शनिबार बिहानैदेखि स्थानीयले अस्मिता हिँडेको बाटो र आसपासको क्षेत्रमा खोजी तीब्र पारे । कोरोनाको खोप पुर्याउन हिँडेकी उनलाई स्थानीयले जंगलमा मृत फेला पारेका थिए ।

जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका अनुसार जोगबुढा अस्पताल जाने बाटोबाट करिब ७० मिटर भित्र स्थानीय हट्वानी सामुदायीक वनमा अस्मिताको शव भेटिएको थियो ।

शव नजिकै अस्मिताको एक चप्पल, मास्क, उनले बोकेको खोप फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति हेर्दा हत्या गरेर फालिएको हुन सक्ने परशुराम नगरपालिका–८ का वडाध्यक्ष गोविन्द सिंह बोहराले आशंका व्यक्त गरेका छन् । उनको टाउकोमा चोट छ, बंगारा भाँचिएका छन् ।

उनका श्रीमान् भारतमा रोजगारी गर्छन्। कोरोनाको कारण आजभोली भने उनी घरमै छन् । उनका ३ र ६ वर्षका दुई छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *