झलनाथ खनालको स्वास्थ्य अवस्थामा सुधार

काठमाडाैँ । दिल्लीमा उपचारत नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधारोन्मुख बनेको छ । पोष्ट कोभिडको समस्या देखिएपछि उपचारका लागि खनाल दिल्लीस्थित एपोलो अस्पताल भर्ना भएका छन् ।

खनालको फोक्सोमा देखिएको पानीको मात्रा घटेको र सामान्य वार्डमा राखिएको उनको सचिवालयले जनाएको छ । अहिले खनाल खाना खान सक्ने अवस्थामा रहेको पनि जनाइएको छ ।
आज बसुधा नेपाल पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा तस्विर राख्दै आफ्ना छोरा बुहारीले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेटेको बताएकी छिन् । डा अंकिता र डा मेरिनालेले झलनाथ खनालसँग दिल्लीस्थित अपोलो अस्पतालमा उक्त तस्विर लिइएको बताइएको छ । खनाल राम्रोसँग बोल्न सक्ने अवस्थामा छन् ।

काठमाडौंबाट दिल्ली जाँदा मलिन देखिएको खनालको अनुहार यो तस्विरमा चम्किलो देखिएको छ ।

Leave a Reply

Your email address will not be published.