काठमाडौँमा ६४४ सहित उपत्यकामा थपिए ८७२ जना कोरोना संक्रमित

काठमाडौँ। बितेको २४ घण्टामा काठमाडौँमा मात्रै ६४४ सहित उपत्यकामा थप ८७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै ललितपुरमा १४१ र भक्तपुरमा ८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, कोरोना हटस्पोट बनेको बाँकेमा ३५२ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट गत २४ घण्टामा थप २ हजार ६१८ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ३६८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७७ हजार १ सय २३ जना पुगेको छ ।देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय २८ जना रहेको छ ।

२४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १ सय ३६ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २३ लाख ९५ हजार ७ सय २५ जनाको पीसीआर परीक्षण भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *