यी हुन् राष्ट्रघाती नेता, हेर्नुस् कुन नेताले कहिले, कसरी राष्ट्रघात गरे !

काठमाडौंँ । छिमेकी राष्ट्रहरूसँगको असल सम्बन्ध र सहकार्यविना कुनै पनि देश अगाडी बढ्न सक्दैन । छिमेकी राष्ट्रबीच पारस्परिक हित र लाभ तथा विकासका लागि समय समयमा विभिन्न किसिमका सन्धि, सम्झौताहरू हुनु जरुरी छ र हुने गरेका पनि छन् । ती सन्धि सम्झौताहरूको पालना गराउन सम्बन्धित राष्ट्रहरूको अनिवार्य दायित्व हो तर भारत र नेपालबीच भएका कुनै पनि सम्झौता समान छैनन् ।

हाम्रा बीर पुर्खाहरुको बिरता र बलिदानले नेपाल कसैको अधिनमा नरहे पनि अङ्ग्रेजले हैकम चलाउन नसकेपनि हाम्रा नेताहरुका कारण कुनै न कुनै रुपमा देश गुलाम बन्न बाभ्य छ । आफ्नो सत्ता टिकाइ राख्न नेताहरुले देशी बिदेशी शक्तिको इशारामा ठूलाठूला निणर्यहरु लिने गरेको छर्लङ्गै छ । उनीहरुले सत्ताकै लागि नेपालको हित बिपरित पटकपटक सन्धी सम्झौताहरु गरेका छन् । चाहे मातृका प्रसाद कोइराला हुन् चाहे बिपी, गिरिजा वा शुसिल र शेरबहादुर यीनीहरुले पटक पटक मूलुकको हित बिपरित सम्झौताहरु गरेका छन् । सत्तामा छँदा नेपाललाई पटकपटक गम्भिर घात गरेका छन् । आज हामीले यहाँ यसैका बारेमा चर्चा गर्दैछौँ ।

हेर्नुस कुन नेताले कुन राष्ट्रघाती सम्झौता गरे

भारत लगायतका देशसँग कतिपय यस्ता सन्धी र सम्झौता भए जसलाई अहिलेसम्म राष्ट्रघाती सन्धी वा सम्झौता भनिन्छ । ती सम्झौताहरुबाट हामीले आत्मसम्मानसंगै देशको माटो समेत गुमाउन पुग्यौँ ।

आफ्नो सत्ता टिकाउनकै लागि २०४८ सालमा भारत भ्रमणका क्रममा तत्कालीन नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले टनकपुर सन्धी गरेका थिए ।

२०६२ साल मंसिर ७ गते भारतकै मध्यस्थतामा १२ वुदे समझदारी भएको थियो भने त्यही सहमतीबाट भएको जनआन्दोलन २ अर्थात ०६२/०६३ को सरकारको दुरुपयोग गर्दै गिरिजाप्रसाद कोइरालाले पश्चिम सेती, अरुण ३ र माथिल्लो कणर्ाली जस्ता सम्झौता गरेका थिए ।

टनकपुर सन्धि राष्ट्रघाती भएको भन्दै अन्तराष्ट्रिय अदालत जानुपर्छ भन्दै हिडेका लोकप्रिय जन नेता मदन भण्डारीको ३ जेठ २०५० मा हत्या भएको थियो जसको रहस्य अझै खुल्न सकेको छैन । हत्या आरोप लागेका अम्मर लामालाई कांग्रेसले राजनीतिक संरक्षण दिएको थियो उनको पनि हत्या भयो । उनी र मदन भण्डारीको रहस्यमय हत्याको सत्य तथ्य अझै बाहिर आउन सकेको छैन ।

दासढुङ्गा दुर्घटनामा संयोगले बाचेका वा नियत बस बाँचेका अम्मर लामा जसलाई मदन भण्डारी, जिवराज आश्रीतको हत्या गरेको आरोप लागिरहेको थियो । त्यतिबेला कांग्रेसले उनलाई राम्रो संरक्षण दिएको थियो । तर जब दासढुङ्गा दुर्घटनाको अनुसन्धानले गति लियो त्यसैबेला अम्मर लामाको पनि रहस्यमय रुपमै हत्या भएको थियो ।

बृटिस भारत (इस्ट इन्डिया कम्पनी) सरकारबीच सम्पन्न राष्ट्रघाती सुगौली सन्धिदेखि यता सन् १९५० को असमान तथा अपमानजनक सन्धि लगायत जलस्रोत, व्यापार, पारवहन, बाणिज्य, सुरक्षा तथा अन्य कुटनीतिक क्षेत्रमा गरिएका हरेक सन्धि, सम्झौताहरूमा सिङ्गो नेपाल राष्ट्र र आम नेपाली जनता शिर झुकाएको छ । स्वाभिमानमा ठेष पुर्‍याएको छ । सन् १८१६ मार्च ३ मा अपमानपूणर् एवम् असमान सुगौली सन्धिमा हस्ताक्षर गरिएपछि एउटा स्वतन्त्र, स्वाधीन र सार्वभौमसत्ता सम्पन्न मुलुक नेपाल अर्धऔपनिवेशिक अवस्थामा प्रवेश गरेको हो ।

गोरखा भर्तीकेन्द्र सन्धि

भारत, बेलायत र नेपालका बिच सन् १९४७ नोभेम्बर ९ का दिन काठमाडौँमा एक त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरिएको थियो । उक्त सहमतिमा नेपालको तर्फबाट पदमशमशेर जबरा, अधीनस्थ भारतको तर्फबाट कुँवर दयावीर सिंह वेदी र बृटेनका तर्फबाट एसिबी सैमनले हस्ताक्षर गरेका थिए ।

सन् १९५० को दिल्ली सम्झौता

आफ्नो सत्ता जोगाउनकै लागि अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर जबराले भारतीय शासक पण्डित जवाहरलाल नेहरूको गुलामीका लागि सन् १९५० को राष्ट्रघाती सन्धि गरेका थिए । जुन सन्धिले नयाँ परिस्थितिमा आंशिक खारेजीमा परिसकेको सुगौली सन्धिलाई नै नवीकरण गर्‍यो । जवाहरलाल नेहरूले राणा विरोधी आन्दोलनमा राजा त्रिभुवन, नेपाली काङ्ग्रेस र राणा बिच कुख्यात त्रिपक्षीय दिल्ली सम्झौता गराई आफ्नो हातमाथि पारेका थिए । राष्ट्रघाती तथा कुख्यात दिल्ली सम्झौताले राजतन्त्रलाई पुनस्थार्पित गरेको थियो भने नेपाली काङ्गे्रसलाई सत्तामा पुर्‍याएको थियो ।

दिल्ली सम्झौताको डा. केआई सिंह र नेपाल कम्युनिस्ट पार्टीले पनि दिल्ली सम्झौताको विरोध गरेको थियो । दिल्ली सम्झौताको विरोध गरेको आरोपमा तत्कालीन नेपाली काङ्ग्रेसको मातृका प्रसाद कोइरला सरकारले २००८ साल माघ १० गते नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध नै लगाएको थियो । पछि २०१३ साल बैशाख ४ गते राजा स्वीकार्न नेकपा तयार भएपछि उक्त प्रतिबन्ध हटाइएको थियो ।

राष्ट्रघाती सुगौली सन्धि सन् १९४७ को गोरखा भर्ती सम्झौता, सन् १९५० को राष्ट्रघाती सन्धि एवम् २००७ मा सम्पन्न कुख्यात दिल्ली सम्झौताका अतिरिक्त नेपाल र भारतका बिचमा जलस्रोत, व्यापार, बाणिज्य, पारवहन, सुरक्षा सम्बन्धी विभिन्न कालखण्डमा सन्धि सम्झौताहरू भएका छन् ।
नेपालको हीत बिपरित भारतसँग नेपाली कांग्रेसले नै धेरै राष्ट्रघाती सम्झौता गरेको छ ।

कोशी सम्झौता २०११ साल वैशाख १२ गते, अर्थात २५ अप्रैल सन् १९५४ – स्व मातृकाप्रसाद कोइराला

भारतलाई रिझाउनैका निम्ति दिल्ली सम्झौताबाट सत्तामा पुगेको राजा त्रिभुवन र नेपाली काङ्ग्रेसको सरकारले २०११ साल बैशाख १२ (२५ अप्रिल १९५४) मा भारतसित राष्ट्रघाती कोशी सम्झौता गरेर भारतको दलाली गरेका थिए । राष्ट्रघाती कोशी सम्झौतामा नेपाल सरकारको तर्फबाट महावीर शमशेरले हस्ताक्षर गरेका थिए भने भारत सरकारको तर्फबाट गुलजारीलाल नन्दाले हस्ताक्षर गरेका थिए ।

गण्डक सम्झौता वि सं २०१६ मंसिर १९ गते अर्थात ४ डिसेम्बर १९५९ : स्व बीपी कोइराला

यो गण्डक सम्झौता नेपाल सरकार र भारत सरकारबीच २०१६ साल मङ्सिर १९ गते बेलुका गण्डक सिञ्चाई तथा विद्युत योजना सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । नेपाल सरकारको तर्फबाट उपप्रधानमन्त्री सुर्वण शमशेर जबराले र भारत सरकारको तर्फबाट भारतीय राजदूत भगवान सहायले हस्ताक्षर गरेका थिए ।

कालापानीमा भारतीय सैनिक राख्न दिने सम्झौता : स्व बीपी कोइराला
शान्ती सेना र हतियार सम्झौता : स्व बीपी कोइराला

जनवरी ३०, सन् १९६५ मा नेपाल र भारत सुरक्षा सहयोग सम्झौता सम्पन्न भएको थियो । उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट तत्कालीन शाही नेपाली राजदूत यदुनाथ खनाल र भारत सरकारको तर्फबाट विदेश सचिव वाईडी गुणदिवेले हस्ताक्षर गरेका थिए ।

टनकपुर र महाकाली सन्धी महाकाली सन्धि वि सं २०५२ माघ २९ गते १२ फेबु्रअरी १९९६ ः स्व गिरिजाप्रसाद कोइराला, र शेरबहादुर देउवा
नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री पिभी नरसिंह राव बीच २०५२ माघ १९ गते अर्थात् १२ फेव्रुअरी १९९६ मा सम्पन्न भएको शारदा बाँध, टनकपुर बाँध र पञ्चेश्वर आयोजना समेत महाकाली नदीको एकीकृत विकास सम्बन्धी सन्धिलाई महाकाली सन्धि भनिन्छ । यो सम्झौता नेपालको हीत बिपरित छ । यो सम्झौतामा नेकपा एमाले र केपी ओली तथा माधव कुमार नेपाल पनि संलग्न रहेको आरोप लाग्ने गरेको छ । माधवकुमार नेपालले ०५२ मा एमालेको अल्पमतको सरकारको परराष्ट्र मन्त्रीको हैसियतमा भारत भ्रमण गरी टनकपुर, महाकाली र पञ्चेश्वरको एकीकृत महाकाली प्याकेजको अवधारणा ल्याएको उनीमाथि आरोप लाग्ने गरेको छ । तर यो सम्झौताको अनुमोदन भने कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको हो ।

 

माथिल्लो कर्णाली : स्व गिरिजा प्रसाद कोइराला र सुशील कोइराला
पश्चिम सेती : स्व गिरिजाप्रसाद कोइराला ।

बिप्पा सम्झौता

नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत भ्रमणका क्रममा २०६८ कार्तिक ४ गते भारत सरकारसँग गरिएको लगानी प्रवद्र्धन र संरक्षण सम्बन्धी बिप्पा सम्झौता राष्ट्रघाती सम्झौता नै हो ।

राष्ट्रघाती एमसीसी सम्झौता

विसं २०७४ सालको भदौ २९ गते वाशिङ्गटनमा एमसीसी सम्झौतामा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेका थिए।

यसअन्तर्गत अमेरिकाले लागु भएको पाँच वर्षमा झन्डै ६० अर्ब रुपैयाँ नेपालको पूर्वाधार विकासको लागि अनुदान दिने उल्लेख छ। सोही समयभित्र नेपाल सरकारले चाहिँ ती पूर्वाधार विकासमा आफ्नोतर्फबाट झन्डै १५ अर्ब रुपैयाँ खर्च गर्नुपर्नेछ।

अधिकांश अनुदान अर्थात् झन्डै ४५ अर्ब रुपैयाँ विद्युत्को अन्तरदेशीय प्रसारण लाइन निर्माणमा खर्च हुनेछ। बाँकी रकम सडक मर्मत र अन्य विषयमा खर्च हुनेछ।

तर सो सम्झौताको अनुसूची ५ मा उल्लिखित केही विषयले भने नेपालमा संशय उत्पन्न भएको छ । यो सम्झौता पास गर्न शेरबहादुर देउवा, प्रचण्ड, के पी ओली सहित सबैजसो नेताहरु लागेका छन् । तपाईँ हामीले देखिरहेका छौँ । कुन नेता कति आतुर छन् भन्ने कुरा ।

Leave a Reply

Your email address will not be published.