इंग्ल्याण्ड समूह विजेता बन्दै युरोकपको अन्तिम १६ मा प्रवेश

लण्डन । इंग्ल्याण्ड समूह डीको विजेता बन्दै युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

मंगलबार राति समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । इंग्ल्याण्डको जितमा १२औं मिनेटमा रहिम स्ट्रर्लिङले निर्णायक गोल गरेका थिए।

शीर्ष स्थानमा रहेको इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोड्यो । चेक रिपब्लिकले ३ खेलमा ४ अंक जोड्यो। चेक रिपब्लिक समूहको तेस्रो स्थानमा रह्या ।

हारपछि पनि चेक रिपब्लिक पनि नकआउट चरणमा प्रवेश गरेको छ । उत्कृष्ट तेस्रो हुँदै चेक रिपब्लिक अन्तिम १६ मा पुगेको छ ।

मंगलबार राति नै भएको खेलमा स्कटल्याण्डलाई ३-१ ले पराजित गर्दै क्रोएसिया पनि अन्तिम १६ मा पुगेको छ । चेक रिपब्लिकसँग समान अंक र गोलअन्तर हुनका बाबजुद क्रोएसिया बढी गोल गरेका आधारमा समूहको उपविजेता बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *