चूडामणि शर्मासहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शर्मासहित कर फर्स्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालसमेतलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा हालेको हो ।

उनीहरूसँग १ अर्ब ३३ लाख ३० हजार ३ यि ८५ रूपयाँ बिगो माग गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।

कर वक्यौतामा गैरकानुनी तरिकाले छुट दिएर भ्रष्टाचार गरको आरोपमा उनीहरूविरुद्ध मुद्दा परेको रिसालले जानकारी दिए ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ बमोजिम उनीहरूसँग त्यो बराबरको रकम बिगो र दफा ३ को उपदफा (१) र उपदफा (१) बोजिम कैद गरी जरिवानसमेतको सजाय माग गरिएको रिसालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *