स्थानीय सरकारकाे नयाँ अभ्यास : महिला कर्मचारीलाई महिनावारी हुँदा १ दिन र गर्भ जाँच गर्न ४ दिन विदा

पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले रजस्वलाका बखत महिला कर्मचारीहरुलाई १ दिन विदा दिने भएको छ । रजस्वलाको समयमा महिलाहरुलाई समस्या हुने भन्दै महिनामा १ दिन विदा दिने व्यवस्था गर्न लागेको हो ।

नगरपालिकाको नवौं नगर सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले रजस्वलाका बखत महिला कर्मचारीका लागि महिनामा १ दिन र गर्भवती महिला कर्मचारीहरुको लागि गर्भावस्था जाँचको लागि ४ दिन विदा दिने व्यवस्था मिलाईने बताउनुभयो ।

रामपुर नगर भित्रका सबै सरकारी कार्यालय र विद्यालयहरुमा गुणस्तरिय सेनेटरी प्याडको व्यवस्था गरिनेछ । साथै रजस्वलाका बखत महिला कर्मचारीका लागि महिनामा १ दिन र गर्भवती महिला कर्मचारीहरुको लागि गर्भावस्था जाँचको लागि ४ दिन विदा दिने व्यवस्था मिलाईनेछ ।

Leave a Reply

Your email address will not be published.