संसद पुनर्स्थापना नहुने संकेत पाएपछि केपी ओलीबिरूद्ध सडक संघर्ष गर्ने विपक्षी गठनबन्धनकाे निर्णय

काठमाडाैं । कांग्रेस सभापति शेरवहादुर देउवा निवासमा बुधवार साँझ वसेको पाँच दलीय विपक्षी गठबन्धनले संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा जनपरिचालनका कार्यक्रम अगाडि बढाउने निर्णय गरेको छ ।

संसद विघटनपछि मन्त्री परिषद विस्तार गरेको विरुद्ध परेको रिटमा मंगलवार अदालतले जारी गरेको अन्तरिम आदेशले संसद पुनर्स्थापना नहुने संकेत देखिएपछि छटपटिएका देउवाले पाँच भाइकाे बैठक डाकेर यस्ताे निर्णय गरेका हुन् । अन्तरिम आदेशमा अहिलेको सरकारलाई कामचलाउ सरकार भन्नुले संसद विघटनलाई मान्यता दिने संकेत गर्दछ। अदालतले संसद नै नरहेकोले प्रधानमन्त्री पनि संसद सदस्य नरहेको जनाएको छ।

मंगलबारमात्रै विपक्षी गठबन्धनका शीर्ष नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगिकार गरेका कारण राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको बताएका थिए ।

त्यसको भोलिपल्टै देउवाले वोलाएको वैठकले प्रतिगमनका विरुद्ध जनपरिचालनको कार्यक्रम अगाडि बढाउने निर्णय गरेको हो ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अदालतमा बहस सुरु भए पनि संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा जनपरिचालनका कार्यक्रम अगाडि बढाउने निर्णय भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठल बताए ।

स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै विरोधका कार्यक्रम अगाडि बढाउने गठबन्धनले निष्कर्ष निकालेको उनको भनाइ छ । स्वास्थ्य मापदण्डको पालना गर्दै प्रतिगमनविरोधी कार्यक्रम गर्न पार्टी संगठनलाई जनपरिचालन खड्काले बताए ।

गठबन्धले बाढी पहिरोबाट क्षति भएका ठाउँमा राहत र सहयोगको कार्यक्रमका लागि पार्टी संगठन परिचालन गर्ने भएको छ । गठबन्धन बैठकमा प्रदेश २ र गण्डकी प्रदेश सरकारलाई पूर्णता दिँदै गठबन्धनलाई अझै मजबुत बनाउने निर्णय भएको बताए । यस्तै विपक्षी गठबन्धनलले विहीबार सम्पादकसँगको अन्तक्रिया कार्यक्रम पनि गर्ने भएको छ ।

बैठकमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताहरू उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *