छत्रकोटले ल्यायो ५१ करोड २६ लाखको बजेट (पूणर्पाठसहित)

गुल्मी । छत्रकोट गाउँपालिका गुल्मीले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि रु. ५१ करोड २६ लाख ४ हजार १ सय ५२ रुपैयाको बजेट सार्वजनिक गरेको छ ।

दशौं गाउँसभामा गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारीले प्रस्तुत गर्नुभएको बजेटमा चालु तर्फ रू. ३४ करोड ५९ लाख १६ हजार ४ सय ५० रुपैया र पूंजीगत खर्च तर्फ रू. १६ करोड ६६ लाख ८७ हजार ७०२ रुपैया खर्च प्रस्ताव गरिएको छ ।

बजेटमा कोरोना भाइरसले पारेको प्रभाव न्यूनीकरण गर्ने, विदेशबाट फर्केको जनशक्तीलाई स्वदेशमै बस्ने अवस्था सिर्जना गर्ने र उत्पादन वृद्घि गरी नागरिकको जीवनस्तरमा सुधार ल्याउने लगाएका उद्धेश्य समेटिएको छ ।

बजेटमा खास नुमना कार्यक्र नल्याइए पनि गाउँपालिकालाई नमुना बनाउने बजेटको लक्ष्यमा उल्लेख गरिएको छ । बजेटमा स्वास्थ्य, कृषि र शिक्षालाई प्राथमिकता दिइएको छ ।

गाउँपालिकाले वडा तहको पूर्वाधार विकास, कृषिमा व्यवसायीकरण, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानवविकास सूचकाङ्कको विकासका लागि जनसंख्या, भूगोलका आधारमा बजेट विनियोजन गरेको छ । सबैभन्दा धेरै वडा नम्बर ३ लाई ४८ लाख र सबैभन्दा कम वडा नं. २ लाई ३९ लाख विनियोजन भएको छ ।

गाउँपालिकाले मुख्य कार्यक्रमको रुपमा आर्थिक विकास क्षेत्र तर्फ कृषि तथा पशुपालन, जलश्रोत तथा सिंचाइ, उद्योग सहकारी लयायतको क्षेत्रहरुको विकासका लागि रू. १ करोड १० लाख ३० हजार विनियोजन गरीएको छ ।

एक वडा एक उत्पादनका लागि बजेट विनियोजन भएको छ । संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त कार्यक्रम बाहेक कृषी र पशुपालनको व्यवसायीकरणका लागि रु. ९४ लाख १० हजार विनियोजन गरिएको छ ।

छत्रकोट गाउँपालिकाको गौरवको आयोजनाको रुपमा संचालित छत्रकोट चक्रपथ र ढुङ्गे देउराली वागवानी विकास केन्द्रलाई आवश्यक बजेट छुट्याएको छ । त्यस्तै, महिलाहरुलाई विउ पुँजी दिनका लागि आवश्यक रकमको व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ ।

समग्र पूर्वाधार क्षेत्रको विकासका लागि संघ र प्रदेश सरकारसँग साझेदारी समेत गरी रू. ७ करोड २० लाख १३ हजार ७०२ रुपैया विनियोजन भएको छ ।

छत्रकोट चक्रपथलाई संघीय सरकार बाट १ करोड ३१ लाख र गाउँपालिकाबाट १ करोड ३१ लाख हुनेगरी समपूरक कोषबाट संचालनका लागि आवश्यक बजेट विनियोजन भएको छ ।

आन्तरिक आय रु ३८ लाख, आ.व. ०७७/०७८ मा खर्च नभई बचत हुने अनुमानित रकम रु २ करोड ९८ लाख ७५ हजार र बाकी संघ र प्रदेशबाट प्राप्तहुने अनुदान भरमा प्रस्तावित खर्चको लागि स्रोतको व्यवस्थापन गर्ने गाउँपालिकाले जनाएको छ ।

हेर्नुस् बजेटकाे पूर्णपाठ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *