स्थानीय सरकारले ल्यायो ४० वर्ष पूरा भएका अविवाहितहरुका लागि विशेष कार्यक्रम

गुल्मी । स्थानीय सरकारले ४० वर्ष पूरा भएका अविवाहितहरुका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । गुल्मीको छत्रकोट गाउँपालिले आगामी आर्थिक वर्षमा कार्यक्रम सञ्चालनका लागि आवस्यक बजेट छुट्याएको छ ।

गाउँपालिकाको दशौँ गाउँसभामा प्रस्तुत बजेटमा ४० वर्ष पुरा भएका अविवाहित महिला, पति वेपत्ता महिला, एकल पुरुष, सम्बन्ध विच्छेद भइ बसेका एकल महिला पुरुषका लागि कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

गाउँपालकाले सामाजिक विकास शिर्षकमा यसका लागि बजेट विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारीले बताइन् । कस्ता कार्यक्रम सञ्चालन हुन्छन् भन्ने बारेमा भने खुलाइएको छैन ।

गाउँपालिकाले सामाजिक विकास अन्तर्गत शिक्षा, स्वास्थ्य, संस्कृति, लैङ्गिक समानता तथा समावेशीकरण समेतका क्षेत्रका विभिन्न कार्यक्रम सञ्चालन गर्न रू. ३ करोड ७५ लाख ३६ हजार विनियोजन गरेको छ ।

याे पनि पढ्नुस् : छत्रकोटले ल्यायो ५१ करोड २६ लाखको बजेट (पूणर्पाठसहित)

त्यस्तै स्वास्थ्यका विभिन्न कार्यक्रम सञ्चालनका लागि रु १ करोड ७० लाख ५० हजार विनियोजन गरीएको छ । कोरोना भाइरससँग जुध्न रु ५० लाख विनियोजन गरेको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि रु. ५१ करोड २६ लाख ४ हजार १ सय ५२ रुपैयाको बजेट सार्वजनिक गरेको छ ।

दशौं गाउँसभामा गाउँपालिका उपाध्यक्ष भण्डारीले प्रस्तुत गर्नुभएको बजेटमा चालु तर्फ रू. ३४ करोड ५९ लाख १६ हजार ४ सय ५० रुपैया र पूंजीगत खर्च तर्फ रू. १६ करोड ६६ लाख ८७ हजार ७०२ रुपैया खर्च प्रस्ताव गरिएको छ ।

बजेटमा कोरोना भाइरसले पारेको प्रभाव न्यूनीकरण गर्ने, विदेशबाट फर्केको जनशक्तीलाई स्वदेशमै बस्ने अवस्था सिर्जना गर्ने र उत्पादन वृद्घि गरी नागरिकको जीवनस्तरमा सुधार ल्याउने लगाएका उद्धेश्य समेटिएको छ ।

बजेटमा खास नुमना कार्यक्र नल्याइए पनि गाउँपालिकालाई नमुना बनाउने बजेटको लक्ष्यमा उल्लेख गरिएको छ । बजेटमा स्वास्थ्य, कृषि र शिक्षालाई प्राथमिकता दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *