देउवाले बोलाए पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक

काठमाडाैं । कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन् । बैठकमा क्रियाशील सदस्यताको विवाद समाधान गर्ने सम्बन्धमा छलफल हुनेछ ।

बुढानिलकण्ठस्थित देउवा निवासमा आज दिउँसो २ बजे बैठक बस्दै छ । क्रियाशील सदस्यता छानविन समितिले सदस्यता छानविनका क्रममा देखा परेका समस्या सुल्झाउन मापदण्ड तयार पारिसकेकाे छ । पदाधिकारी बैठकले सो मापदण्डलाई अन्तिम रुप दिनेछ ।

१४ औँ महाधिवेशनका लागि ८ लाख भन्दा बढी क्रियाशील सदस्यको विवरण सार्वजनिक भएको छ । त्यसमा उजुरीका लागि असार ६ गतेसम्म तथा नाम सच्याउन ९ गतेसम्मको समय दिएको थियो । २५ भन्दा बढी जिल्लाबाट धेरै नै विवादित उजुरी परेका छन्

 

Leave a Reply

Your email address will not be published.