कम्प्युटर सफ्टवयरले पनि गर्छ जातीय विभेद

काठमाडौं । रुपा सुनारको डेरा प्रकरणले अहिले नेपालमा फेरि जातीय विभेदको मुद्दा चर्किएको छ । घटनाको भित्री तथ्य जे भए पनि ओझेल परेको जातीय विभेदको मुद्दा पुनः बहसमा आएको छ । सामाजिक सञ्जालमा तर्कवितर्क चलिरहेको छ । सामाजिक सञ्जालमा देखिएका अधिकांश टिप्पणी असामाजिक लागे पनि यो घटनाले हाम्रो चेतनास्तर र सामाजिक रितीले हाम्रो मानसिकतामा पारेको प्रभाव उदाङ्गिएको छ ।

जात व्यवस्थाले सिर्जना गरेको यो परिस्थिति र मुद्दा बारे यहाँ बहस चलिरहँदा अन्तर्राष्ट्रियस्तरमा भने कम्प्युटर सफ्टवयरले समेत नश्लभेद गर्ने गरेको तथ्य फेला परेको छ । व्युटीएआई नामक एक मोवाइल एप्सले गरेको एक प्रतियोगिताका क्रममा यस्तो तथ्य पत्ता लागेको हो ।

व्युटीएआईको व्युटिकन्टेस्टमा सबै फाइनलिस्टहरुलाई रोबोटको निर्णायकले चुनेको थियो । त्यसैले नतिजा निश्पक्ष हुने ग्यारेन्टी थियो । प्रतियोगितामा दुनियाभरबाट आएका साढे ६ हजार सेल्फी सामेल गरिएको थियो । तर, सोचनीय कुरा यो भयो कि सबै विजेता गारा मानिसहरु भए । पत्ता लाग्यो पकि एआईलाई त मध्य युरोपका मानिसहरुको अध्ययनका लागि ट्रेन्ड गरिएको थियो । बाँकी दुनियाका मानिसहको अनुहार मूल्याङ्कन गर्न यो त्यती राम्रो छैन ।

जया बुओलामविनी आइए रिर्सचर हुन् उनले यस खालको विभेद विरुद्ध आवाज उठाउँदै आएकी छिन् । ‘व्यापक रुपमा फैलिरहेको अल्गोरिदमका बारेमा हामीले सोच्नैपर्छ, जसले हाम्रा जीन्दगीका धेरै विषयहरुमा फैसला लिइरहेको छ ।’ उनी भन्छिन्, ‘जस्तो कसलाई नोकरीमा राख्ने कसलाई नोकरीबाट निकाल्ने, तपाईँलाई बैंकबाट ऋण मिल्छकी मिल्दैन, बीमा हुन्छकी हुँदैन, मनपरेको कलेजमा भर्ना हुन पाइन्छ कि पाइँदैन लगायतका कुराहरु ।

नयाँ कर्मचारी नियुक्त गर्दा जर्मनीका धेरै कम्पनीहरु एआई सफ्टवयर प्रयोग गर्छन् । यो सफ्टवयर उम्मेदवारको आवाज, उनीहको हाउभाउ तथा उनीहरुले प्रयोग गरेको शब्दहरुकोक विश्लेषण गर्छ । हायर भ्यु जस्ता कम्पनीहको दाबी छ कि यस्तो प्रक्रिया बढी पारदर्शी हुन्छ ।

तर एथिक्स रिसर्चचर लोरेना जामफलासी यो मान्न तयार छैनन् । यस्ता धेरै टेक्नोलोजीहरुमा समाजशास्त्री र मनोचिकित्सकहरुको आपत्ती छ । केही सिद्धान्तहरु पूराना भइसकेका छन् । किन की कुनै पनि व्यक्तित्वको निर्धारण वा मूल्याङ्कन गर्दा मुख्यत ५ कुराहरुलाई ध्यान दिनुपर्छ । खुलापन, जिम्मेदारी, मिलनसार, सहमतीका लाथि तयारी र भावनात्मक स्थिरता, एआई सफ्टवयर उम्मेदवारहरुको यिनै आधारमा मूल्याङ्कन र छनोट गर्ने गर्छ र उनीहहरुको क्षमताका बारेमा निष्कर्ष निकाल्छ । सहमत हुने क्षमतालाई व्यवस्थापनमा राम्रो मान्ने गरिँदैन । महिला संवेनशील हुन सक्छन् । त्यसैले यो सफ्टवयर व्यवस्थापकीय पदका लागि महिलालाई उपयुक्त मान्दैन । यति मात्रै होइन बिग फाइव आधार युरोपेली तथा उत्तर अमेरिकी समाजमा आधारित छन् । एसियामा भने मेहनती हुनुलाई राम्रो मानिन्छ । तर सफ्टवयर एसप्रति ध्यान दिँदैन ।

युरोपमा पनि यस्तै केमियो नामको सफ्टवयर प्रयोग गरेर उम्मेदवार छनोट गर्ने गरिन्छ । तर पछिल्लो समय त्यसलाई कम गरिँदैछ ।

एआई सफ्टयर प्रयोग गर्नु पहिलले त्यसको समीक्षा गर्नु पर्ने जामफलासी बताउँछिन्, उनी भन्छिन्, ‘मलाई लाग्छ हामीले पहिले मानिसहरुको मूल्याङ्कनका लागि बनाइएको यस्ता एआई सफ्टवयर बारे समीक्षा गर्नु आवस्यक छ । यस्ता सफ्टवयरहरु धेरैजसो अनैतिक र अवैज्ञानिक छन् । तर त्यस्तो हुनु हुँदैन ।’

तर दुनियामा धेरैभन्दा धेरै एआई सफ्टवयर प्रयोग भइरहेको छ । विभेद अन्त्यका लागि आवाज उठाइरहेका अभियन्ता भन्छन्, ‘सफ्टवयर निर्माणमा क्रममा लिइने आधारहरुका बारेमा समीक्षा गर्नु जुरुरी छ । बढीभन्दा बढी समावेसी प्रक्रिया र कोडहरु प्रयोग गर्ने भन्ने हामीले सोच्नु आवस्यक छ ।’ जया बुओलामविनी भन्छिन्, सफ्टवयर निर्माणका क्रममा नै टिम बनाउँदा ध्यान दिनुपर्छ टेक्निकल कुराको व्यवस्थापनकै क्रममा त्यसमा निश्पक्षतालाई ध्यान दिनुपर्छ । अनि मात्रै बराबरी कायम गर्न सकिन्छ, त्यसका लागि सामाजिक परिवर्तनलाई प्राथमिकता दिनुपर्छ ।

तर मानिसहरुको निश्पक्ष तरिकाले मूल्याङ्कन गर्न आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवयर निर्माण कर्तालले धेरै अध्ययन अनुसन्धान गर्नु आवस्यक छ ।

Leave a Reply

Your email address will not be published.