बेल्जियम युरो कपको क्वाटर फाइनलमा प्रवेश

लण्डन। बेल्जियम युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्पेनको सेभियामा सोमबार बिहान भएको प्रि–क्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १–० ले पराजित गर्दै बेल्जियम अन्तिम ८ मा पुगेको हो ।

योसँगै पोर्चुगल जारी प्रतियोगिताबाट बाहिरिएको छ । विंगर थोर्गन हाजार्डले गरेको गोल नै बेल्जियमलाई जित दिलाउन प्रयाप्त बन्यो ।

अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग खेल्ने छ । इंग्ल्याण्डको वेम्बली स्टेडियममा शनिबार राति भएको प्रि(क्वाटरफाइनलमा अष्ट्रियालाई २–१ ले पराजित गर्दै इटाली क्वाटरफाइनलमा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published.