नाम मात्रकाे स्मार्ट लकडाउन लम्बियाे, सार्वजनिक यातायात खुल्ने (आदेशसहित)

काठमाडाैं । कोभिड-१९ नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थपिएको छ भने अब सार्वजनिक यातायात खुल्ने भएको छ।

सोमबार बिहान बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको छ। “कोरोनाभाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने निर्णय भएको छ,” ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले भने।

यससँगै भोलिदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। “सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको छ,” प्रमुख जिल्ला अधिकारी निरौलाले भने।

कोभिड–१९ नियन्त्रणका लागि १६ वैशाखदेखि काठमाडौंमा निषेधाज्ञा जारी छ। पछिल्लो समय थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ।
भोलिदेखि सात दिन अर्थात् २१ असारसम्म निषेधाज्ञा थपिएको हो। अब झन् खुकुलो पारिने भएको छ।

काठमाडौंमा जारी निषेधाज्ञा सम्बन्धी आदेश :

Leave a Reply

Your email address will not be published. Required fields are marked *