काठमाडौँ उपत्यकामा चल्न थाले सार्वजनिक यातायात

काठमाडौँ। आजदेखि काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात सञ्चालन हुने भएको छ ।

मंगलबार विहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म जोर–बिजोर प्रणालीअनुसार सार्वजनिक यातायात सञ्चालन गर्न दिइने भएको छ ।

कोरोना संक्रमण केही घट्दै गए पनि जोखिम अझै कायम रहेको भन्दै जोरबिजोर प्रणालीमार्फत स्वास्थ्य मापदण्ड अपनाएर मात्रै यातायात चलाउन दिइएको हो ।

सोमबार बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप एक साता निषेधाज्ञा थप गर्दै सार्वजनिक सवारी साधन पनि सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

अब २५ सीट क्षमता भएका सवारीहरु चल्न पाउने भएका हुन् ।

लामो दूरीका सवारी साधन भने अहिले सञ्चालन गर्न पाइने छैन ।

त्यस्तै, सबै किसिमका पसलहरू बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म खोल्न पाइने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *