पाल्पा रामपुरका सबै विद्यालय बन्द

रामपुर । पाल्पाकाे रामपुर नगरपालिकाले काेराेनाकाे जाेखिमलाई मध्यनजर गर्दैे विद्यालय बन्द गर्ने निर्णय गरेकाे छ ।

अाईतबार सीसीएमसीकाे बैठकले देशभरका विद्यालयमा भाैतिक उपस्थित विना भर्चुअल कक्षा सञ्चालन गर्नु भनी पत्र काटेकाे छ । साेही निर्णयलाई जिल्ला स्तरमा अक्षरांश पालन गर्ने उद्वेश्य अनुरूप रामपुर नगरभित्रका विद्यालय बन्द गर्ने निर्णय भएकाे नगरप्रमुख रमण बहादुर थापाले जानकारी दिनुभयाे ।

साेमबार विहान बसेकाे नगर कार्यपालिकाकाे बैठकले विद्यालयबाट हुन सक्ने जाेखिमलाई कम गर्न विद्यालय बन्द गर्ने निर्णय भएकाे नगरप्रमुख थापाले बताउनुभयाे । पाल्पा सदरमुकाम तानसेन लगायतका अन्य स्थानीय तहमा केन्द्रिय सर्कुलर विपरित परीक्षा सञ्चालन हुनेभएपछि यसकाे चाैतर्फी विराेध भईरहेकाे छ ।

बैठक नगर शिक्षा समितिका अध्यक्ष एवं नगरप्रमुख रमण थापाकाे अध्यक्षतामा भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published.