चिया पिउने नै हाे भने ग्रीन टी पिउनुस्, हुन्छ यस्ताे अचुक फाइदा

काठमाडाैँ । यो जाडोमा तातो तातो चिया पिउनुको मजा नै बेग्लै छ । जाडोको मौसममा अन्य समयमा भन्दा अलि बढी नै चियाका पारखीहरु भेटिन्छन् । चिया पिउनुका धेरै फाइदाहरु छन् । हुन त दुधहालेको चिया पिउनु राम्रो हुँदैन भन्नेहरु पनि छन् तर मात्रा मिलाउन भने जान्नुपर्छ । चियाका पनि धेरै प्रकारहरु छन् ती सबैका आआफ्नै गुणहरु पनि छन् । यहाँ हामीले ग्रीन टी का बारेमा चर्चा गर्दै छौँ ।

ग्रीन टीमा पाइने एक प्रकारको रसायनले मानिसको स्मरणशक्ति तथा सिक्ने कलामा बृद्धि हुने देखिएको छ । हालै बैज्ञानिकहरूले गरेको एक अध्ययनबाट यस कुराको पुष्टि भएको हो । चीनमा चोङकिङको थर्ड मेलिटरी मेडिकल युनिभर्सिटीका अनुसन्धानकर्ताहरूका अनुसार ग्रीन टीमा पाइने एक प्रकारको रसायनले मस्तिष्कको कोशिकाहरूलाई बलियो बनाउँछ र मानिसहरूको स्मरण क्षमतालाई बृद्धि गराउने गर्दछ ।

वैज्ञानिकहरूको दावी अनुसार, लामो समयदेखिनै ग्रीन टी लिने मानिसहरूको दिमागलाई राम्रो गर्दछ भन्ने मानिँदै आएको थियो, तर यति धेरै राम्रोसंग यसले काम गर्छ भन्ने कुरा भने हालैको अध्ययनले बढी पुष्टि गरेको हो ।

प्रोफेसर युन बाईका अनुसार, ‘‘ग्रीन टीले मुटुमा लाग्ने रोगहरूलाई समेत रोक्नमा मद्दत गर्दछ । यस सम्बन्धमा वैज्ञानिकहरूका बीचमा निकै विचार विमर्श भएको थियो, तर अहिले भने यस कुराको संकेत पाइएको छ कि ग्रीन टीमा पाइने तत्वले मानिसको मस्तिष्कलाई धेरै मात्रामा कृयाशील बनाउछ ।

याे पनि पढ्नुस् 

टाउको दुख्याे ? जानी राख्नुस् यस्ता छन् घरेलु उपचार

टाउको दुख्ने समस्याले नसताएको मानिस सायदै होलान् । हुन त टाउको दुख्नाका पनि धेरै कारणहरु हुन सक्छन् । बारम्बार वा लगातार बेस्सरी टाउको दुख्यो भने त अनिवार्य चिकित्सकहरुको सल्लाह लिनुपर्छ । राम्रोसँग चेक जाँच गरेर मात्र औषधी लिनुपर्छ । चिकित्सकहरुको परामर्स बिना कुनै पनि औषधी प्रयोग गर्नु राम्रो होइन ।

सामान्यतया टाउको दुखेको समस्या केही घरेलु उपायहरु अपनायौँ भने पनि निको हुन सक्छ । यहाँ हामीले टाउको दुखेको घरेलु उपचार विधिका बारेमा चर्चा गर्दै छौँ । घरैमा केही यस्ता विधिहरु अपनाउनुभयो भने सामान्य त टाउको दुखेको निको हुन्छ । उल्लेखित तरिका अपनाएर पनि टाउको दुख्न छोडेन आराम मिलेन भने चिकित्सकको परामर्स लिनुहोला –

१. तेजपत्ता हालेर कालो चिया बनाई त्यसमा कागतीको रस मिसाएर लेमन टी पिउनाले टाउको दुखाईमा अत्याधिक लाभ प्राप्त गर्न सकिन्छ ।

२. सफा चन्दन पाउडरलाई चामल धोएको पानीमा मिसाएर लेप बनाई टाउकोमा लगाएर आराम लिन सकिन्छ ।

३. सफा सुतीको कपडा पानीमा भिजाएर टाउकोमा राख्दा राहत महसुस गर्न सकिन्छ ।

४. लसुनलाई पानीमा पिनेर लेप बनाइ लगाउनाले पनि फाइदा हुन्छ ।

५. तुलसीको पात पिनेर त्यसको रस दिनमा दुई वा ३ पटक लगाउदा राहत प्राप्त गर्न सकिन्छ ।

६. चामल धोएको पानीमा जाइफल घोटेर त्यसलाई लेप बनाई लगाएमा टाउको दुखाईबाट छुटकारा प्राप्त गर्न सकिन्छ ।

७. हरिया धनिया पिनेर लेप बनाई लगाएमा पनि एकदमै फाइदा हुन्छ ।

Leave a Reply

Your email address will not be published.