बन्दिपुरमा सात घर पहिरोले बगायो, एकजना वेपत्ता (अपडेट)

बन्दिपुर । तनहुँ जिल्लामा पहिरोले सात घर बगाएको छ ।

बन्दिपुर नगरपालिका–३, ४ र ५ मा पहिरोले घरहरू बगाएको हो । तामुङमा दुई घरसँगै एक जना पहिरोमा पुरिएका छन् ।

पहिरोमा बगेका व्यक्तिको अवस्था अज्ञात छ । पाँच जनाको सकुशल उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए ।

बन्दिपुर–३ मा दुई, वडा नम्बर ५ मा पहिरोसँगै तीन घर बगेका छन् ।

जिल्लाको ब्यास नगरपालिका वडा नं. १ र वडा नं. १३ जोड्ने छाब्दी दोभानको पक्की पुल बाढीले बगाएको छ ।

बुद्धसिंह मार्गअन्तरगत छाला कारखाना नजिक रहेको पक्की पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

छाब्दी खोलामा बुधबार राति आएको बाढी पुल बगाएपछि बेलबास, पोखरीभञ्ज्याङ्, बेनिकोट, गुदी लगायत स्थानका बासिन्दालाई आवतजावतमा समस्या भएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत डुम्रे लगायतका स्थानमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *