स्पेनिस ला लिगा फुटबलको तालिका सार्वजनिक

लण्डन । स्पेनिस ला लिगा फुटबलको २०२१–२२ का लागि नयाँ तालिका सार्वजनिक भएको छ ।

बुधबार राति सार्वजनिक गरिएको तालिका अनुसार ला लिगा अगष्ट १५ तारिखदेखि शुरु हुनेछ । पहिलो दिन १० खेल हुनेछन् ।

ला लिगाको डिफेन्डिङ च्याम्पियन एट्लेटिको मड्रिडले सेल्टाभिगोसँग पहिलो खेल खेल्ने तय भएको छ ।

क्याटलान क्लब बार्सिलोनाले सिजनको शुरुवात रियल सोसिडाडसँग घरेलु मैदानमा खेल्दै गर्नेछ ।

यसैबीच, सिजनकै पहिलो एल क्लासिको भिडन्त अक्टोबर २४ मा हुने भएको छ । एल क्लासिको बार्सिलोना र रियल मड्रिडबीचको पहिलो भेट अक्टोबर २४ मा क्याम्प नाउमा हुने तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *