काठमाडौं । नेकपा (एमाले)ले बोलाएको शुक्रबारका लागि केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्ष नजाने भएको छ ।
यो समूहका नेताहरुले उक्त बैठकमा सहभागी नहुने निर्णय पनि गरेको नेता घनश्याम भुसालले जानकारी दिए।बुधबार बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो ।
ओली पक्षले महाधिवेशन आयोजक कमिटी भंग गरेर एमालेले २०७५ जेठ २ अघिकै पदाधिकारीको हैसियतमा नेपाल पक्षका नेताहरूसहित केन्द्रीय कमिटी बैठक बोलाएको छ ।