नारायणगढ–मुग्लिन सडकमा ट्रक पुरियो, सडक अवरुद्ध

भरतपुर । चितवनमा अविरल वर्षापछि ठाउँठाउँमा गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक शुक्रबार पनि अवरुद्ध छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्य थापाले सडकखण्डको चार किलो र पाँच किलोमा पहिरो जाँदा शुक्रबार बिहानैदेखि यातायात अवरुद्ध भएको बताए ।

बिहान सात बजेतिर फेरि मुग्लिनदेखि सात किलो मिटर पर जलबिरेमा पहिरो गएको छ । जलबिरेको पहिरोमा एउटा ट्रकको आधा भागसमेत पुरिएको छ ।

पहिरोले दुईतर्फी नै गाडी रोकिएका छन् । पहिरो पन्छाउने काम सुरु भए पनि गाडी चल्ने बनाउन समय लाग्ने अवस्था रहेको डीएसपी थापाले बताए ।

याे पनि समाचार 

कमला नदीको बीच टापुमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार

धनुषा। अविरल वर्षाका कारण धनुषाको गणेशमान नगरपालिका–८ स्थित कमला नदीको बीच टापुमा फसेका तीन जनालाई सशस्त्र प्रहरीले आज बिहीबार बिहान सकुशल उद्वार गरेको छ ।

उद्वार गरिएकाहरुमा सोही ठाउँको लभटोली बस्ने ४६ वर्षीय गणपती यादव, ४० वर्षीया सितादेवी यादव र २७ वर्षीय सञ्जय अधिकारी छन् ।रातको समयमा तरकारी कुर्न गएका उनीहरु अविरल वर्षासँगै आएको पानीको वहाब बढ्न गई उक्त नदीको बीच भागमा रहेको टापुमा फसेका थिए ।

उक्त टापुमा केही व्यक्तिहरु फसेको भन्ने जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक ध्रुव खड्का र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश रघुनाथपुरबाट सशस्त्र प्रहरी निरीक्षक रवि थापाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्वार गरेको हो ।

Leave a Reply

Your email address will not be published.