काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ५ सय रूपैयाँले बढेको छ ।
आज छापावाल सुनकाे भाउ प्रतितोला ९१ हजार ३ सय रूपैयाँ निर्धारण गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुनकाे भाउ प्रतितोला ९० हजार ८ सय रूपैयाँ रहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी १ हजार ३१० रूपैयाँमा कारोबार भइरहेको छ ।