पार्टी एकताको च्याप्टर क्लोज : अध्यक्ष ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तोकिएको समयभित्रै देउवालाई प्रधानमन्त्री बनाउन दिएको हस्ताक्षर फिर्ता नलिए पार्टी एकताको च्याप्टर क्लोज हुने चेतावनी दिएका छन् ।

बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका सांसदलाई छूट नभएकाले दुई दिनभित्र हस्ताक्षर फिर्ता नलिए एकताको थप प्रयास नगरिने बताएका हुन् ।

एमालेले देउवाको पक्षमा हस्ताक्षर गरेका आफ्ना २३ सांसदलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ ।

विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका २३ जना सांसदले हस्ताक्षर गरेका छन् ।

उक्त हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन बैठकले निर्देशन दिएको हो । देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै खनाल–नेपाल समूहका २३ जना सांसदसहित विपक्षी गठबन्धनका १४६ सांसदले सर्वोच्चमा रिट दर्ता गरेका छन् । रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *