एमाले ‘२ जेठ’मा फर्किए गाेकुल र महेश बस्नेतसहित यी ४६ केन्द्रीय सदस्यबाट आउट (नामावली)

काठमाडाैं । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको माग अनुसार अध्यक्ष केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएमा ४६ जना केन्द्रीय सदस्य नेकपा (एमाले) केन्द्रीय कमिटीबाट बाहिरिनेछन्।

३ जेठ २०७५ मा नेकपा एकीकरण हुँदा एमालेबाट २४१ र नेकपा (माओवादी केन्द्र)बाट २०० गरी ४४१ जना केन्द्रीय कमिटीमा परेका थिए। एमालेले ४६ जना थपेर २४१ जनालाई केन्द्रीय कमिटीमा पठाएको थियो।

नेपाल पक्षले एमालेका सबै कमिटीहरू २ जेठमा फर्किए मात्रै आन्तरिक विवाद समाधान हुने बताएको छ।

यो पक्षको माग पूरा हुँदा ३ जेठ २०७५ मा थपिएका खगराज अधिकारी, गोकुल बाँस्कोटा, युवराज खतिवडा, महेश बस्नेत, रामेश्वर फुँयाल, देवी ज्ञवाली, नरेश खरेल लगायत केन्द्रीय कमिटीमा पर्दैनन्। थपिएकामध्ये अधिकांश ओली पक्षका छन्।

३ जेठमा थपिएका केन्द्रीय सदस्यहरूः

१) खगराज अधिकारी

२) गोकुल बाँस्कोटा

३) महेश बस्नेत

४) विष्णु रिजाल

५) नरुलाल चौधरी

 

६) डोरमणि पौडेल

७) तिलकुमार मेन्याङ्बो

८) राजेन्द्र गौतम

९) आनन्द पोखरेल

१०) कैलाश ढुंगेल

 

११) गुरुप्रसाद बराल

१२) युवराज खतिवडा

१३) बलराम बाँस्कोटा

१४) केशवलाल श्रेष्ठ

१५) रामेश्वर फुँयाल

 

१६) कृष्ण राई

१७) वसन्त मानन्धर

१८) निरज आचार्य

१९) रवीन्द्र अधिकारी (नवलपुर)

२०) विनोद ढकाल

 

२१) महेश रेग्मी

२२) भानुभक्त जोशी

२३) गौरी ओली

२४) समिम मियाँ अन्सारी

२५) प्रमोदनारायण यादव

 

२६) लीला भण्डारी

२७) अइन्द्रसुन्दर नेम्वाङ

२८) चन्द्रबहादुर शाही

२९) देवेन्द्र दाहाल

३०) अच्युत मैनाली

 

३१) देवी ज्ञवाली

३२) रामेश्वर रानामगर

३३) नरेश खरेल

३४) विनोद श्रेष्ठ

३५) श्रीनाथ बराल

 

३६) एकबहादुर राना

३७) लक्ष्मण ज्ञवाली

३८) शारदा सुवेदी

३९) गोविन्दविक्रम शाह

४०) उमा कोइराला

 

४१) लालबहादुर विश्वकर्मा

४२) दीपक देवकोटा

४३) राजेन्द्रसिंह रावल

४४) विमला घिमिरे

४५) नारायण सिलवाल

४६) दिलकुमारी पन्त

 

याे पनि समाचार

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तोकिएको समयभित्रै देउवालाई प्रधानमन्त्री बनाउन दिएको हस्ताक्षर फिर्ता नलिए पार्टी एकताको च्याप्टर क्लोज हुने चेतावनी दिएका छन् ।

बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका सांसदलाई छूट नभएकाले दुई दिनभित्र हस्ताक्षर फिर्ता नलिए एकताको थप प्रयास नगरिने बताएका हुन् ।

 

एमालेले देउवाको पक्षमा हस्ताक्षर गरेका आफ्ना २३ सांसदलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ ।

विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका २३ जना सांसदले हस्ताक्षर गरेका छन् ।

उक्त हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन बैठकले निर्देशन दिएको हो । देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै खनाल–नेपाल समूहका २३ जना सांसदसहित विपक्षी गठबन्धनका १४६ सांसदले सर्वोच्चमा रिट दर्ता गरेका छन् । रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *