काठमाडाैं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठकले विभिन्न सात निर्णय गरेको छ। जसमा सांसदलाई हस्ताक्षर फिर्ता लिन निर्देशनदेखि चिनियाँ कम्युनिष्ट पार्टीलाई शुभकामनासम्म छन्।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको सहभागिताविना बसेको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक समस्याबारे जानकारी दिएका थिए। उनले पार्टीका एकताका लागि आ–आफ्नो तहबाट भूमिका निर्वाह गर्न सबैलाई आह्वान गरेका थिए।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरी सर्वोच्च अदालतमा निवेदन दिने २३ जना सांसदलाई हस्ताक्षर फिर्ता लिन एमाले बैठकले निर्देशन दिएको छ। उनीहरूलाई हस्ताक्षर फिर्ता लिन तीन दिन समय दिइएको छ।
त्यस्तै, एमाले बैठकले चिनियाँ कम्युनिष्ट पार्टीलाई एक सय वर्ष पुगेको अवसरमा शुभकामना दिने निर्णय गरेको छ। एमालेको निर्णयमा भनिएको छ, “चिनियाँ राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव कामरेड सी चिनफिङ र उहाँ मार्फत चिनियाँ कमरेडहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछ।
एमाले बैठकका सात निर्णयः