धन सम्बन्धि चाणक्यका यी १० नीति जानिराख्नुस्, हट्ने छ सबै धनकाे संकट

यो सत्य हो कि धन नै सबथोक होइन, तर धनले नै धेरैथोक प्राप्त गर्न सकिन्छ, एकाध कुराहरु छोडेर सबैथोक धनले किन्न सकिन्छ भन्दा पनि फरक पर्दैन । भनिन्छ धन पैसाले नै मानव जीवनका ७० प्रतिशत भन्दा धेरै समस्याहरु स्वतः समाप्त हुने गर्छन् ।

१) धनको बचत

ब्यतिले दुःखका बेला समस्याका बेलाकाा लागि धन बचत गर्नुपर्छ । पुरुषले आफ्ना महिला वा पत्नीको जस्तोसुकै अवस्थामा पनि रक्षा गर्नुपर्छ चाहे सङ्गालेर राखेको धन नै किन खर्च गर्न नपरोस् । तब मात्रै धनकी देबी लक्ष्मी खुशी हुन्छिन् ।

२) धनले नै सम्मान मिल्छ

ध्न सम्पती भनेको मानिसको जीवनमा एक महत्वपूणर् भाग हो यसले तपाईँलाई सम्मान दिलाउँछ । यति मात्रै होइन धनले विभिन्न खालका समस्याहरुसँग जुध्न पनि तपाईँलाई सक्षम बनाउँछ ।

३) समृद्ध ठाउँमा रहुनुस्

धन आर्जन र सम्मान लागि जहिले पनि पर्याप्त अवसर भएका ठाउँमा बस्नुपर्छ कि त आफ्नै ठाउँमा भएका सम्भावनाहरुलाई पहिल्याउन सक्नुपर्छ । सम्भव भएसम्म रोजगार, इज्जत, अवसर हुने ठाउँ नै रोज्नुपर्छ । जहाँ समृद्ध व्यापारी, शिक्षित ब्रामण, शैनिक, नदी तथा चिकित्सक नभएको ठाउँमा भरसक नवस्नु नै उत्तम हुन्छ ।

४) धनबाट परीक्षा

आफ्नी पत्नीको परीक्षा धनसम्पती गुनाएपछि गर्नुस्, साथीको आवस्यकताको समयमा र नोकरको महत्वपूणर् कार्य दिपछि परखनुस् । सच्चा छोरा आफ्ना बाबुप्रति सत्रै आज्ञाकारी हुन्छ भने सच्चा बाबु सधै आफ्ना छोरा वा सन्तानको ख्याल राख्छ । इमानदारी सच्चे दोस्तको सही पहिचान पनि हो ।

५) धनको मोह नगर्नुस्

जुन धन प्राप्तीका लागि कठिन हुन्छ वा जसका लागि धर्म छोड्नुपर्छ, शत्रुको खुशामद गर्नुपर्छ त्यस्ता धन प्रति कहिल्लै पनि मोह नगर्नुस् । किनकी धन कमाउने धेरै बाटाहरु छन् धेरै तरिकाहरु छन् जुन आत्मसम्मान र सन्तुष्टिको साथमा पनि प्राप्त गर्न सकिन्छ । आत्मसम्मान गुमाएर मन खिन्न गराएर जोडेको धनको के अर्थ ।

६) धनवान र मोक्ष

जुन मान्छेसँग आश्था, धन तथा लगाव छैन त्यस्ता मानिसलाई कहिल्लै पनि मोक्ष प्राप्त हुँदैन । त्यस्ता व्यक्तिहरु जहिले पनि जन्म र मरणको दुश्चक्रमा फसिरहन्छन् । त्यसैले धनकै लागि भनेर लोभ र पाप कहिल्लै पनि नगर्नुस् ।

७) गरिबी एक रोग हो

गरीब र गरीबीका साथ जीवन बिताउन विष सेवन गरेजस्तै हो । सबैलाई प्रसस्त धनसम्पती भएका परिवार नसिव हुँदैन तर सबै आम मान्छे हुन् मेहनत गर्नुपर्छ धन कमाउन सकिन्छ । भाग्यलाई दोष दिएर मात्र नबस्नुस्, सम्भावना खोज्नुस् । अनजान ठाउँमा दक्षता नै सबैभन्दा ठूलो मित्र हुन्छ । राम्रो स्वभावकी महिला वास्तवमै पुरुषको सबैभन्दा उत्तम साथी हुन सक्छे । त्यसैले विद्याताले लेखेको भाग्य ठानेर नबस्नुुस् दान पुण्य भनेको अर्को जुनीमा काम आउँछ ।

८) अत्यधिक दानले पनि नोक्सान गराउँछ

अत्यधिक सुन्दरताका कारण सीताको अपहरण भएको थियो, अति घमण्डकै कारण लंका कारण रावण मारिएका थिए भने अत्यन्त दारवीरताका कारण बालीलाई धेरै कष्ट भएको थियो । त्यसैले दानलाई जहिले पनि गच्छे अनुसार नै गर्नुपर्छ हरेक कुराको सीमा हुन्छ त्यसै छ भन्दैमा खन्याउनुपर्छ भन्ने पनि छैन दान सधै सिमित गर्नुस् ।

९) कला, दान-पुण्य नै सबैभन्दा ठूला धन हो

जहाँ कलाको सम्मान हुन्छ, नीति नियम कानूनको पूणर् पालना हुन्छ त्यस्तो ठाउँमा बसाई राम्रो हुन्छ । जहाँ दान-पुण्य भन्ने कुराको मतलब नै हुँदैन, जहाँ उँचनीचको भाव बढी हुन्छ त्यस्तो ठाउँ उचित हुँदैन ।

१०) धन प्राप्ती नै लक्ष्य

जुन व्यक्तिले आफ्नो लक्ष्य निर्धारण गर्न सक्दैन त्यस्तो मान्छेले कहिल्लै पनि विजय वा सफलता हात पार्न सक्दैन । आफ्ना योजनाहरुका बारेमा कहिल्लै पनि कसैसँग चर्चा नगर्नुस्, किनकी अरु कसैले तपाईँका उद्देश्य वा काममा बाधा पुर्याउन सक्छन् । त्यसैले धन प्राप्त गर्नुछ भने लक्ष्यको पछि लाग्नुस् आफ्नो कर्ममा केन्द्रित हुनुस् अनावस्यक कुरा वा अरु कसैको बहकाउमा कहिल्लै पनि नलाग्नुस् ।

Leave a Reply

Your email address will not be published.