सफलताको कारण खुसी होइन, खुसीको कारण सफलता हो त्यसैले जुन कामले तिमीलाई खुसी दिन्छ त्यहि कामले तिमीलाई सफल पनि बनाउने छ ।
कहिले पनि भिडमा सामिल नहुनु किनकि भिडले हिम्मत दिए पनि तिम्रो पहिचान खोसि दिन्छ त्यसैले आफ्नो पहिचान बनाउनु छ भने आफ्नो बाटो आफै खन्ने गर ।
सफल हुनको लागि तपाईको असफलताको डर भन्दा तपाई भित्र सफलताको इच्छा शक्ति बढी हुनु जरुरि छ ।
गल्ति गर्दै नगर्नुले सफल बनाउने होइन, गल्ति गरेर पनि त्यसलाई न दोहोर्याउनुले सफल बनाउने गर्दछ ।
दुस्मन र मित्रलाई कहिल्यै पनि बिश्वास दिलाउनु पर्दैन किनकि दुस्मनले कहिल्यै बिश्वास गर्दैन र मित्रले कहिल्यै शंका गर्दैन ।
जब केहि सेकेन्ड मुस्कुराउदा फोटो राम्रो आउछ भने सधै भरि मुस्कुराएर बाच्दा जीवन कति राम्रो होला ।
संघर्षले मान्छेलाई मजबुत बनाउने गर्दछ, चाहे त्यो जतिनै कमजोर किन नहोस । त्यसैले संघर्ष गर्ने गर ।
दुइ प्रकारको मान्छेलर तिमीलाई भन्नेछन् कि तिमी केहि गर्न सक्दैनौ, एउटा जसले प्रयासनै गर्दैन र अर्को जो तिमीले केहि गर्छौ कि भनेर डराउछ ।
नदीको छेउमा उभिएर नदि पार हुदैन, त्यसैगरी सुतेर सपना देख्दैमा सपना पुरा हुदैन, सपना पुरा गर्नु छ भने उठेर कदम चाल्ने गर ।
जिन्दगी जिउने दुइवटा मात्र तरिका छन्, कि त जे चाहन्छौ त्यसलाई पाउ, या जे पाएका छौ त्यसलाई अपनाउ ।
जिन्दगीमा हास्न त जहिले नि सकिन्छ तर रुन लाइ त पीडा हरसमय त हुदैन ।
थाहा छ उसलाई मेरो मुटु पत्थरको होईन तरपनि उ चोट र पिडा दिन कहिल्यै पछि हटिन ।
धेरै दिल तिनीहरुले नै दुखाउदा रैछन जसलाइ आफुलाइ भन्दा धेरै माया गरिन्छ ।
कहिले काहि यसरी निदाईदिन मन लाग्छ कि मेरो आखाले अर्को बिहानी देख्न नपावोस्,मेरो कानले अरु को बोलि सुन्न नपावोस्,अनि मेरो मुटुले धड्कनलाई पुरा बेवास्ता गरिदिवोस् अनि कसैको रुवाईको मलाई कुनै अबगत नहोस अनि टाढिन खोज्नेहरुलाई सधैका लागि छुटकारा मिलोस् ।
५. जीन्दगीमा सबैभन्दा पीडा मन टुट्दा होइन भरोसा टुट्दा हुनेगर्छ, किनकि हामी कसैलाई भरोसा गरेपछि मात्रै मन पराउने गर्छौ ।
प्रेम त अझै पनि गर्छु नि तिमीलाई, बस तिमी मेरो हौ भन्ने अधिकार मात्र छैन ।
आफूलाई बदल्न सक्ने ताकत नै संसार बदल्न सक्ने ताकत हो।
सब थोक पाएर दुखी हुनु भन्दा सबै थोक गुमाएर सुखी हुनु महान कुरा हो।
यदि धर्मबाट विज्ञानलाई झिक्ने हो भने धर्म लंगडो बन्छ, विज्ञानमा यदि धर्मलाई नजोड़ने हो भने विज्ञान अन्धो हुन्छ।
जहाँ प्रेम हुन्छ त्यहाँ नियम हुदैन, जहाँ नियम हुन्छ त्यहाँ प्रेम हाेइन। ११. पीडा कम भएको छैन । बस् पीडा सहने बानी अलि बढी भएको छ ।
धेरै सजिलो छ झुठ बोलेर कसैको भरोसा तेड्न र धेरै गाह्रो छ साँचो बोलेर कसैको मन जित्न ।