यस्ता छन् एमाले केन्द्रीय कमिटीका निर्णय

काठमाडाैं । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकले विधान अधिवेशनदेखि महाधिवेशन गर्नेसम्मका विभिन्न निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आगामी मंसीरमा दशौं महाधिवेशन गर्ने निर्णय गरेको हो। त्यस्तै, २५ साउनमा विधान अधिवेशन गर्ने निर्णय गरेको छ।

त्यसको तयारीका लागि चार जनालाई जिम्मेवारी दिएको छ। राजनीतिक प्रतिवेदनको जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।

यस्तै, सांगठनिक प्रतिवेदन तयार गर्ने जिम्मा महासचिव ईश्वर पोखरेललाई दिएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए। विधान संशोधनको जिम्मा विष्णु पौडेललाई दिएको छ भने व्यवस्थापनको जिम्मा रामबहादुर थापालाई दिएको छ।

यसका लागि असारभित्र साधारण सदस्यता नवीकरण गर्नुपर्ने निर्णय गरेको छ। साधारण सदस्यता नवीकरणको विवरण ५ साउनभित्र केन्द्रमा पठाउनुपर्ने निर्णय गरेको थापाले जानकारी दिए।

त्यस्तै, एमाले केन्द्रीय कमिटीको अर्को बैठक प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको आदेश आएको भोलिपल्ट बस्ने भएको छ।

आजको बैठकमा एमाले महासचिव पोखरेलले पाँच बुँदे प्रतिवेदन प्रस्तुत गरेका थिए। जसमा उनले महाधिवेशन आगामी मंसीरमा गर्ने प्रस्ताव गरेका थिए।

Leave a Reply

Your email address will not be published.