हराएका ३३ वटा मोटरसाइकल ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई बुझायो

काठमाडौ । ट्राफिक प्रहरीले विभिन्न मितिमा हराएका ३३ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

उपत्यकामा हुने सवारीसाधन चोरी घटनालाई न्युनीकरण एवम् नियन्त्रण गर्न खटिएको बिशेष अपरेसन टोलीले उत्तः मोटरसाइकलहरू फेला पारी बुझाएको हो । ट्राफिक प्रहरीले जारी निषेधाज्ञाको समयमा समेत सक्रियतापूर्वक परिचालन भई चोरी नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ ।

ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी नियन्त्रणलाई निरन्तरता दिँदै यस अबधिमा विभिन्न स्थानबाट हराएका ३३ वटा मोटरसाइकल आज मंगलबार एक कार्यक्रमकाबीच महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएका ३३ वटामध्ये २३ वटा मोटरसाइकल र १० वटा स्कुटर छन् ।

कार्यक्रममा एसएसपी भट्टराईले निषेधाज्ञाकै समयमा समेत टोलीले बिशेष सूचना संकलन गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागि विभिन्न प्रहरी बृत्तहरुमा पठाएको र अन्य मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *