३ वर्षे बालकको जीवन बचाउन कलेजो दाता आवश्यकता

काठमाडाैँ । एक्युट लिभर फेलियर भएका ३ वर्षे बालक दर्शित जंग रावलको कलेजो प्रत्यारोपणका लागि दाताको आवश्यकता भएको छ ।

उनको कलेजो प्रत्यारोपणका लागि यसअघि नै पारिवारीक दाता तयार भएपनि दाताको कलेजो उपयुक्त नभएको, उनको उपचार गरिरहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जानकारी दिएको छ ।

उनको लागि “ओ पोजिटिभ” रगत समूह भएका दाताको खोजी भईरहेको र उनको परिवारमा त्यस्तो अन्य दाता व्यक्ति नभएको भन्दै उनको लागि नयाँ कलेजो दाता खोजि गर्न लागेको हो ।

हाल टिचिङ बाल अस्पतालमा मेडिकल सपोर्टमा रहेका रावलको लागि आगामी १५ दिनभित्र नयाँ दाता खोजी गरेर कलेजो प्रत्यारोपण गर्नुपर्ने आवश्यकता रहेको भन्दै दर्शित जंग रावलको पिता दिनेश रावलले सबैसंग आग्रह गरेका छन्।

यसको लागि इच्छुक दाताहरुले दिनेश रावललाई ९८०२०९६३२६ मा सम्पर्क गर्न सक्नुहुनेछ।

बच्चाको विवरण:

नाम: दर्शित जंग रावल
एक्युट लिभर फेलियर
उमेर: ३ बर्ष १० महिना
आवश्यकता: ओ पोजिटिभ कलेजो दाता

 

Leave a Reply

Your email address will not be published.