काठमाडाैं । पार्टीकाे आन्तरिक विवाद मिलाउन नेकपा एमाले कार्यदलको सकृयता वढेपछि माधव नेपाल गुटकी नेतृ रामकुमारी झाँक्रीलाई छटपटी सुरु भएको छ । सामाजिक सञ्जालमा उनले व्यक्त गरेका धारणाले उनकाे मुटु भतभति पाेलेकाे छ भन्ने कुरा प्रष्टै हुन्छ ।
पार्टीका अधिकांश नेता एमाले एकताकाे पक्षमा छन्, पार्टी फुट्न नहुनेमा एक मतजस्ताे देखिएका छन् । तर, झाँक्रीले सार्वजनिक गरेको प्रतिक्रियाले उनी पार्टी एकताको पक्षमा देखिएकी छैनन् । आफूआहरु सरकार गठन गरेर विश्वासको मत लिने अन्तिम तयारीमा रहेकाले वार्ता तिर नलाग्न उनले सांकेतिक रुपमा सुझाव दिएकी छिन् ।
अव अदालतको फैसलापछि सरकार वन्ने र विश्वासको मत प्राप्त गर्ने प्रकृया मात्रै वाँकी रहेकाले जालझेलमा पर्न नहुने उनको सुझाव छ।
पार्टीको विवाद समाधानका लागि कार्यदलले काम गरिरहेको र अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपाल भेट भएर प्रकृया समेत अघि वढेपछि झाँक्रीको यस्तो प्रतिक्रिया आएको हो ।
ट्वीटरमा उनले लेखेकी छिन्– ‘लोकतन्त्रको रक्षाको लागि संबिधानलाई क्रियाशील गराउन संसदको पुनःस्थापना एउटा अनिवार्य सर्त हो। हामीले यसको लागि एउटा प्रक्रियाको मात्र थालनी गरेका हौँ। अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी छ। त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न। झुक्किनु हुदैन।’
लोकतन्त्रको रक्षाको लागि संबिधानलाई क्रियाशील गराउन संसदको पुन:स्थापना एउटा अनिवार्य सर्त हो।हामीले यसको लागि एउटा प्रक्रियाको मात्र थालनी गरेका हौँ। अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी छ।त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न। झुक्किनु हुदैन।
— Ram kumari Jhakri (@Jhakri_didi) July 8, 2021
झाँक्री विघटित प्रतिनिधि सभाकी समानुपातिक सांसद हुन् । अघिल्लाे चुनाव ताका माइती जिल्ला गुल्मीमा कांग्रेस निकट एक शिक्षकलाई भाेजराज सरकाे घर अगाडि बाेलाएर तेरा हातखुट्टा भाँच्दिन्छु भन्दै धम्की दिएकी झाँक्रीले अहिले कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै हस्ताक्षर बुझाएकी छिन् । जनाधार केही नभए पनि एमाले पार्टी फुटाउने चाहना अलि बढ्तै राखेकी छिन् ।