काठमाडौं । नेपालले चीनसँग खरिद गरेको ४० लाख मात्रा खोपमध्ये पहिलो खेप शुक्रवार काठमाडौं आइपुगेको छ ।
खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको छ । खोप लिन नेपाल वायुसेवा निगमको विमान बिहीवार नेपालबाट उडेको थियो ।
नेपाल आइपुगेको खोप सुरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको चिस्यान भण्डारणमा राखिने बताइएको छ ।
नेपालमा प्रयोग गरिएको कोभिशील्ड खोपको एक भाएलमा १० मात्रा हुने हुँदा त्यो खोप तुलनात्मक रूपमा ठूलो परिमाणमा राख्न सकिनेछ ।