नेपाल एयरलाइन्स यति ग्रुपलाई दाइजो कि ‘अन्र्डरवल्र्ड डन दाउद’लाई ?

काठमाडौं । नेपाल सरकारको पूणर् स्वामित्व रहेको तथा स्वायत्त संस्था नेपाल वायुसेवा निगमलाई गोप्य रुपमा यति ग्रुपलाई सुम्पिन लागिएको बताइँदै छ ।

यसमा प्रधानमन्त्री स्वयं संलग्न रहेको कुरा छ । प्रधानमन्त्रीले नै निगमका महाप्रबन्धक डिमप्रकाश पौडेललाई यसको चाँजोपाँचो मिलाउने जिम्मा दिएको बताइएको छ ।

यो खेल नयाँ भने होइन । यसअघि प्रधानमन्त्री ओलीले नेपाल एयरलाइन्स सुटुक्क यति ग्रुपलाई दिन खोज्दा ओलीप्रति रुष्ट समूहले यति ग्रुपभित्रको कालोमैलो फर्दाफास गरिदियो । जुन भण्डाफोर नेपाल एयरलाइन्स यति ग्रुपको पोल्टामा जाने प्रक्रियामा तत्काललाई अल्पविराम लाग्यो । तर, अन्ततः नेपाल एयरलाइन्स निजी कम्पनीको पोल्टामा पर्ने पक्का-पक्की जस्तै भएको छ ।

८० अर्ब भन्दा बढी चलअचल सम्पत्ति भएको निगमलाई ५० अर्बमात्र मूल्यांकन गरेर यति होल्डिङ्स कम्पनीको हिमालयन एयरलाइन्सलाई बिक्री गर्न कुरा खुलेपछि कर्मचारी समेत आन्दोलित छन् ।

गोकणर् रिसोर्टदेखि नेपाल ट्रष्टका बहुमूल्य जग्गा कौडीको भाउमा यतिलाई बुझाएको ओली नेतृत्वको सरकारले यसअघि निकुन्जमा हाइड्रोपावर निर्माणको अनुमति समेत दिएको छ । अब ‘दाइजो’ दिन लागिएको सरकारी संस्थान हो, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ।

महाप्रबन्धक पौडेलले वैशाख १६ पछि लागु भएको निषेधाज्ञाको अवधिमा कर्मचारीलाई सुइँकै नदिई निगम निजीकरण गर्नका लागि निजीकरणको सम्पूणर् प्रक्रिया पूरा गरिसकेका छन् । उनले निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्ने प्रयोजनको प्रबन्धपत्र सरकारलाई बुझाइसकेका छन् ।

महाप्रबन्धक पौडेलले आफै पनि प्रधानमन्त्री ओलीकै निर्देशनमा कम्पनीकरण गर्ने गरी निगम सञ्चालक समितिको असार १४ को बैठकबाट प्रबन्धपत्र पारित भएको बताउँदै हिँडेका छन् ।

स्थापनाकालदेखि नै स्वायत्त संस्थाका रुपमा सञ्चालित हुँदै आएको निगम विगत केही वर्षदेखि व्यवस्थापकीय असक्षमता र हवाई माफियाको इशारामा धरासायी हुँदै गएको छ ।

हिमालयन एयरलाइन्सलाई निगम बिक्री गर्नकै लागि पौडेलले अहिले एयरलाइन्सका आन्तरिक उडानमा प्रयोग हुने जहाजहरुलाई भूमिस्थ (ग्राउण्डेड) गर्ने निणर्य गरेको कर्मचारीहरुले आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले विदेश भ्रमण गर्दा हिमालयन एयरलाइन्स नै प्रयोग गरे । पछिल्लो समय कोरोनाको खोप ल्याउन समेत सरकारले हिमालयन एयरलाइन्सलाई बढी प्रयोगमा ल्यायो । यति ग्रुपप्रति ओली सरकार नतमस्तक नै छ, भन्दा फरक नपर्ला ।

निषेधाज्ञा लागू भएको बेलामा चार्टड उडान गरिँदा समेत पर्यटन मन्त्रालयले निगमका जहाजलाई प्राथमिकता नदिई कमिसन चक्कर मा कतार एयरलाइन्स, टर्किस एयरलाइन्सजस्ता प्राइभेट एयरलाइन्सका विमानलाई बढी प्राथमिकता दिएको थियो ।

राष्ट्रिय ध्वजावाहक ‘आतंकवादी’को हातमा !

राष्ट्रिय ध्वजावाहक ‘आतंकवादी’को हातमा, यसरी सोझै भन्न नपाइएला । तर, भित्रि कथा बुझ्दैजाँदा निजीकरणका नाउमा कतै राष्ट्रिय ध्वजावाहक आतंकवादी गतिविधि गर्नेहरुको हातमा त पुग्दैन भन्ने ठूलो चिन्ता छ । कारण यति ग्रुपसँग जोडिएका केही कम्पनीहरुमा मुम्बईमा श्रंखलाबद्ध बम विस्फोट घटनाका मुख्य अभियुक्त अन्डरवल्र्ड डन दाउद इब्राहिमको लगानी रहेको बताइन्छ ।

दाउदले पाकिस्तानी कुटनीतिज्ञ तथा गुप्तचरको सहायताले विभिन्न धन्दा चलाइरहेको समाचार यसअघि पटक-पटक आएका छन् । भारतीय केही सञ्चारमाध्यमका अनुसार दाउदको कम्पनीले काठमाडौंमा करोडौंको लगानी गरेको र निकै ठूलो कारोबार गरिरहेको छ ।

कन्स्ट्रक्सन तथा अन्य कम्पनीमा दाउदले लगानी गरेको र ती कम्पनीमा नेपालकै कयौँ नेताहरुको शेयर रहेको बताइन्छ । त्यति मात्रै होइन, त्यसरी लगानी गर्ने नेताहरुको लगत राख्ने व्यक्तिलाई सुरक्षा खतरा भएपछि खाडी मुलुक भगाइएकोसम्मका तथ्य बाहिर आएका छन् ।

त्यति मात्र नभई, नेपालमा हुने ठूला अपराधिक घटनाहरु हत्या, हवाई अपहरण, ड्रग्स, सुन तस्करी, भारतीय नक्कली नोटको कारोबार, क्यासिनो, हुण्डी, सट्टेबाजी लगायतको कारोबारमा समेत दाउद समूहको कनेक्सन देखिएको रिपोर्ट प्रहरी अधिकारीहरुले यसअघि नै निकालेका छन् । भारतको सर्वाधिक खोजी सूचीमा रहेका दाउद समेत जोडिन आउने यति ग्रुपलाई सरकारी स्वामित्वको एयरलाइन्स बुझाएर ओली सरकारले गर्न खोजेको के हो ? मुलुकलाई कहाँ लान खोजेको हो ? यस्ता कयौँ प्रश्न उठाएका छन्, राष्ट्रिय चिन्तकहरुले ।

Leave a Reply

Your email address will not be published.