अन्तत: नेकपा एमालेमा भयो यस्तो सहमति

काठमाडौँ। अन्ततः नेकपा एमालेमा एकताका लागि सहमति भएको छ ।

शुक्रबार दिनभर बसेको कार्यदलको बैठकले दुई पक्षबीच एक भएर जाने सहमति भएको हो । कार्यदलको निरन्तर प्रयासपछि शुक्रबार सहमति भएको हो ।

कार्यदलको नेता प्रदीप ज्ञवालीले बैठक सहमतिमा टुंगिएको प्रतिक्रिया दिएका छन् ।

ज्ञवालीले सञ्चारकर्मीसँग भने, ‘आजको वैठक निकै लामो, सौहार्द र सघन भयो । झण्डै सात घन्टाको वैठकपछि पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेका छौं ।’

उनले सहमतिका बुँदा थाहा पाउन १८ घण्टा पर्खिन आग्रह गरेका छन् । उनका अनुसार भाषा परिमार्जनका लागि भोलि पनि कार्यदलको बैठक बस्ने भएको छ ।

याे पनि समाचार 

राष्ट्रपति कार्यालयले सर्वोच्चलाई दिएको जवाफमा के छ ?

काठमाडौँ । राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएको छ ।

मन्त्रिपरिषद हेरफेर विरुद्धको मुद्दामा शीतल निवासले जवाफ पठाएको हो ।

सरकारले जेठ २१ गते गरेको मन्त्रिपरिषद विस्तारको रिटमा राष्ट्रपति कार्यालयलाई पनि विपक्षी बनाइएको थियो ।

महान्यायाधिवक्ताको कार्यालय मार्फत राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएको हो ।

संविधानको धारा ६६ (२) अनुसार प्रधानमन्त्रीको सिफारिसअनुसार राष्ट्रपतिले मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको रष्ट्रपति कार्यालयले जवाफ दिएको छ ।

‘संविधान बमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था भएको कार्य बाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट हुने व्यवस्था छ’ लिखित जवाफमा भनिएको छ– ‘जेठ २१ मा सम्माननीय राष्ट्रपतिज्यूबाट सिफारिस बमोजिम मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नु भएकोले रिट निवेदन बदरभागी छ ।’

Leave a Reply

Your email address will not be published.