एमालेले आइतबार गर्दैछ यस्ताे घाेषणा

काठमाडौँ। पार्टीको विवाद समाधानका लागि बसेको नेकपा एमालेको कार्यदलको बैठक करिब सहमतिमा पुगेके छ ।

शनिबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठकले विवाद समाधानको सहमति नजिक पुगेको माधवकुमार पक्षका कार्यदल संयोजक भीम रावलले जनाएका छन् ।

बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै रावलले बैठक करिब सहमति नजिक पुगेको बताए ।

त्यस्तै, बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेता गोकर्ण विष्टले लगभग निष्कर्षमा आइपुगेको र आइतबार पुनः बैठक बस्ने जनाएका छन् ।

विष्टले भने, ‘भोलिको दिन पार्टी एकताको सन्देश दिन सफल हुनेछौं । भोलि सार्थक निष्कर्षमा पुग्नेछौँ । आजै सक्ने चाहना थियो ।’ उनले भने, भोलि सुखद समाचार सुन्न पाउनुहुन्छ ।

एमालेमा एकता प्रयास: यी हुन् सहमतिका पाँच बुँदा

अन्ततः नेकपा एमालेमा एकताका लागि सहमति भएको छ ।

कार्यदलको बैठकले दुई पक्षबीच एक भएर जाने सहमति भएको हो । कार्यदलको निरन्तर प्रयासपछि शुक्रबार सहमति भएको हो ।

कार्यदलको नेता प्रदीप ज्ञवालीले बैठक सहमतिमा टुंगिएको प्रतिक्रिया दिएका छन् । ज्ञवालीले सञ्चारकर्मीसँग भने, ‘आजको वैठक निकै लामो, सौहार्द र सघन भयो । झण्डै सात घन्टाको वैठकपछि पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेका छौं ।’

एमालेमा एकता प्रयासले मूर्तरूप लिँदै छ । सहमतिका पाँच बुँदा यसरी तयार पारिएको छ ।

१. पार्टीलाई विनासर्त २ जेठ ०७५ अघिको संरचनामा लैजाने
२. एमालेका ३८ जना र पूर्वमाओवादी समूहका २३ नेतालाई केन्द्रीय कमिटीमा समेट्न विधान संशोधन गर्ने
३. असन्तुष्टहरूको हस्ताक्षर र सर्वोच्च अदालतको मुद्दालाई प्रभावित पार्ने आशयको कुनै पनि भाषा प्रयोग नगर्ने (अन्तिम रूप दिन बाँकी), अदालतको फैसला जे आए पनि पार्टीलाई संस्थागत निर्णय र विधिका आधारमा अगाडि बढाउने
४. दुवैतर्फबाट बनेका पार्टी र जनसंगठनका समानान्तर कमिटीहरूको समायोजनका लागि वर्तमान कार्यदलमा आवश्यकताअनुसार संख्या थपघट गर्ने
५. सबै काम चरणबद्ध रूपमा अगाडि बढाउन प्रक्रियासहितको कार्यतालिका बनाउने

याे पनि समाचार 

प्रचण्डबाट अराजकता र अस्थिरता सृजना गर्दै हिँड्ने काम भयो : नेता रायमाझी

काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले प्रचण्डबाट सधैं अराजकता र अस्थिरता सृजना गर्दै हिँड्ने काम भएको बताएका छन् ।

आफूले बनाएको संविधान, कानून र ऐन नमान्ने अनि अराजकता र अस्थिरता सिर्जना गर्दै हिँड्ने काम प्रचण्डबाट भएको आरोप लगाउँदै रायमाझीले भने, ‘पहिला आफू अनुशासनमा बस्नुपर्यो अनि अरुलाई अनुशासनको कारबाही गर्नुपर्छ ।’ प्रचण्डलाई कुनै पनि अनुशासनले बाँध्न नसकिएकाले झन् झन् अराजक बन्दै गएको उनको भनाइ छ ।

‘माओवादीबाट जितेका जनप्रतिनिधिहरुलाई एकपछि अर्को ढंगले कारबाही चलाउँदै गइयो, यो गलत भयो । प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा, प्रदेश हुँदै स्थानीय तहसम्म जितेका जनप्रतिनिधिलाई कारबाहीको प्रक्रिया अघि बढाइयो । त्यसपछि हामीले प्रतिकार गर्यौं । मेयर÷उपमेयरहरुलाई अदालतले अहिले पूनर्वहाली गरेको छ । यसले माओवादी केन्द्र पार्टी नै अनुशासनमा नबसेको र कानून, विधि, प्रक्रिया, संविधान मिचेको पुष्टि भयो,’ उनले भने ।

उनले माओवादी केन्द्रमा विगत ३३ वर्षदेखि एउटै व्यक्ति नेतृत्वमा रहेको भन्दै प्रचण्डप्रति कडा आक्रोश पोखेका छन् । उनले भने, ‘३३ वर्षसम्म माओवादी पार्टीको महाधिवेशन भएको छैन् । आधिकारिक रुपमा प्रतिष्पर्धात्मक महाधिवेशन नभएको तितो इतिहास हामीसँग छ । स्वघोषित नेता भएर प्रचण्डले ईतिहास बनाएका छन् । कुनै विधि, विधान, चिन्तन, कार्यशैलीमा ध्यान नभएपछि पार्टी तुहिँदै तुहिँदै गयो ।’

माओवादी केन्द्र भन्ने पार्टी अहिले अवैधानिक रहेको भन्दै उनले यसलाई खारेज गर्नुपर्नेमा जोड दिए । माओवादी केन्द्रले संविधान, कानून र राजनीतिक दलसम्बनधी ऐन केही पनि नमानेको उनको आरोप छ ।

Leave a Reply

Your email address will not be published.