काठमाडौँ । कोपा अमेरिका फुटबलअन्तर्गत फाइनल खेल भोलि विहान हुदैँछ । फाइलन खेलमा फुटलबका दुई महारथी ब्राजिल र अर्जेटिनाबीच नेपाली समय अनुसार ५ : ४५ बजदेखि खेल हुने भएको छ ।
यी दुवै टोली यो पटकको कोपा अमेरिकाको उपाधिको लागी दाबेदार टोली हुन् । जहाँ अर्जेटिनालिओनल मेसीसहित एन्जल डी मारिया, सर्जियो अगुएरो, पाउलो डिबला, लाउटारो मार्टिनेज लगायतका चर्चित खेलाडी रहेका छन् ।
यता ब्राजिलमा पनि नेइमार लगायतका धेरै चर्चित खेलाडीहरु रहेका छन् । त्यसैले यो खेलले कस्ले जित्ने भन्ने बारेमा सबैलाई कौतुहलता जगाएको छ ।
ब्राजिलका पेले र अर्जेन्टिनाका डिएगो म्याराडोना जस्तै मेसी र नेमारले पनि अहिलेसम्म कोपा जित्न सकेका छैनन् । त्यसैले यो पटकको कोपा खेललाई निकै महत्वपूर्ण मानिएको छ ।