देउवाले माधव नेपाललाई पाँच सीटभन्दा बढी दिन सक्दैनन् : प्रदिप गिरी

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिले माधव नेपाल समूहसँग चाहेर पनि सभापति शेरबहादुर देउवाले सहकार्य अगाडि बढाउन नसक्ने बताएका छन् ।

उनले बाहिर प्रचार गरिएजस्तो गरी देउवाले माधव नेपाललाई सांसदको सीट संख्या दिन नसक्ने पनि स्पष्ट पारेका छन् । ‘देउवाले चाहँदा बढीमा पाँच सीटसम्म दिन सक्नुहोला । अरु कसले मान्छ ? देउवाले दिँदैमा नेपाली कांग्रेसका नेताले आफ्नो सीट छाड्छन् ?,’ एक टेलिभिजन कार्यक्रममा नेता गिरिले भने ।

देउवा प्रचण्ड र माधव नेपालसहितको गठबन्धन प्रधानमन्त्री केपी ओलीलाई अपदस्थ गर्नसम्म काम लाग्ने र त्यसपछि आ–आफ्नो बाटो लाग्ने उनको भनाइ छ । नेपालमा गठबन्धन संस्कृति नै नभएकाले लामो समय गठवन्धन नजाने उनको तर्क थियो ।

‘अहिले बनेको विपक्षी गठबन्धनको न कुनै कार्यक्रम छ न कुनै सार्वजनिक प्रतिवद्धता,’ नेता गिरिले भने, ‘यस्तो अवस्थामा कसरी गठबन्धन लामो समय टिक्छ ?’

Leave a Reply

Your email address will not be published.